Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

मर्स्याङ्दी जलविद्युत् आयोजनाको उत्पादनमा गिरावट

मर्स्याङ्दी जलविद्युत् आयोजनाको उत्पादनमा गिरावट
म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ अम्बाङमा निर्माणाधीन १३२ केभी क्षमताको विद्युत सवस्टेशन । नेपाल विद्युत प्राधिकरणद्वारा सञ्चालित डाडाखेत–राहुघाट प्रशारण लाइन तथा सवस्टेशन योजनाको ७० प्रतिशत भौतिक प्रगति भएको छ । तस्बिर ः सन्तोष गौतम÷रासस
विज्ञापन
Advertisement

तनहुँ । यहाँको आँबुखैरेनी गाउँपालिका–४ स्थित ६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादनमा गिरावट आएको छ ।

विज्ञापन
Advertisement
Advertisement

सुक्खायामका कारण नदीमा पानीको प्रवाह कम भएपछि हाल ४२ मेगावाट मात्र उत्पादन भएको जलविद्युत् केन्द्र प्रमुख कपिलदेव मानजनले जानकारी दिए । ‘नदीमा पानी कम भएपछि दिउँसोको समयमा उत्पादन घट्ने गरेको छ’,उनले भने , ‘तर साँझ र बिहानको ‘पिक आवर’मा माग धान्न दिउँसो पानी रिजर्भ गरेर ७० देखि ७२ मेगावाटसम्म विद्युत् उत्पादन गरिरहेका छौँ ।’

सन् १९८९ मा निर्माण सम्पन्न भएको यस आयोजनाबाट उत्पादित विद्युत् चितवनको भरतपुर र काठमाडौँको स्युचाटार सबस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit