Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

चलचित्र विकास बोर्डमा आर्थिक अनियमितता नभएको अध्यक्ष डिसीको दाबी

चलचित्र विकास बोर्डमा आर्थिक अनियमितता नभएको अध्यक्ष डिसीको दाबी
विज्ञापन
Advertisement

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले आफूले कार्यभार सम्हालेदेखि बोर्डको काम प्रभावकारी र छिटो हुने गरेको बताएका छन्।

विज्ञापन
Advertisement
Advertisement

बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै उनले बोर्डमा सेवाग्राहीका कामहरू छोटो समयमै सम्पन्न हुने गरेको दाबी गरे । उनले भने, ‘मैंले चलचित्र विकास बोर्डको लागि पूर्ण मनसहित प्रशस्त समय दिएर काम गरेको छु । सबैको काम १५ मिनेटमै हुने गरेको छ ।’

कार्यक्रममा उनले हालै सञ्चारमाध्यममा आएका आर्थिक अनियमिततासम्बन्धी समाचारप्रति पनि आपत्ति जनाए । उनले बोर्डले राज्यकोष दोहन गरेको वा ४०–४५ लाख रुपैयाँ फजुल खर्च गरेको भन्ने समाचारहरू तथ्यमा आधारित नभएको बताए ।

उनले भने, ‘चलचित्र विकास बोर्डले राज्यको ढुकुटी दोहन गर्दै आर्थिक अनियमितता गरेको भन्ने समाचारहरु बाहिर आएका छन् । ४० लाख फजुल खर्च गर्यो भनेर केही समाचारहरु आए, तर त्यो समाचार होइन लेख हो ।’

उनका अनुसार उक्त रकम विगतका वर्षहरूमा कर्मचारीहरूको सञ्चय कोष र नागरिक लगानी कोषमा जम्मा गर्नुपर्ने रकम, विभिन्न संस्थालाई दिइएको सहयोगमा लाग्ने भ्याट तथा अन्य व्यवस्थापन खर्चसँग सम्बन्धित रहेको स्पष्ट पारे । उनले करिब साढे ३ देखि ४ लाख रुपैयाँ कार्यक्रम सञ्चालनका क्रममा विभिन्न चलचित्र संघहरूलाई दिइने सहयोगबाट मिलाइएको पनि जानकारी दिए । अध्यक्ष डिसीले यस प्रक्रियामा न कर्मचारीको गल्ती रहेको न त कुनै व्यक्तिको संलग्नतामा आर्थिक हिनामिना भएको दाबी गरे । उनले यदि कुनै अनियमितता प्रमाणित भएमा छानबिन गर्न आफू तयार रहेकोसमेत बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit