Advertisement
Advertisement
Corporate Samachar
२५ असार २०८३, बिहीबार
Advertisement

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी संशोधन विधेयक राष्ट्रियसभाबाट पारित

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी संशोधन विधेयक राष्ट्रियसभाबाट पारित
विज्ञापन
Advertisement

काठमाडौं। राष्ट्रियसभाले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ सर्वसम्मतिले पारित गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

बिहीबार बसेको राष्ट्रियसभा बैठकले अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएको उक्त विधेयक प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएपछि सर्वसम्मतिले पारित गरेको हो। अब विधेयक थप प्रक्रियाका लागि प्रतिनिधिसभामा फिर्ता पठाइनेछ।

विधेयकमाथि छलफलका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रस्ताव पेस गरेका थिए। छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले राष्ट्रिय आवश्यकता र समयको चापलाई ध्यानमा राख्दै प्राप्त सुझावलाई मनन गरिने बताए । छलफलका क्रममा राष्ट्रियसभा सदस्य खम्बबहादुर खातीले विधेयकमाथि धारणा राखेका थिए।

यसअघि राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले उक्त विधेयकसहित सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३, सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ र स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ सम्बन्धी समितिको प्रतिवेदन सभामा पेस गरेका थिए।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit