Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

प्रधानमन्त्रीले बोलाए क्याविनेट बैठक, राष्ट्र बैंकले आजै नयाँ डेपुटी गभर्नर पाउने सम्भावना

प्रधानमन्त्रीले बोलाए क्याविनेट बैठक, राष्ट्र बैंकले आजै नयाँ डेपुटी गभर्नर पाउने सम्भावना
विज्ञापन
Advertisement

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज दिउँसो साढे १२ बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकले केही महत्त्वपूर्ण प्रशासनिक निर्णय गर्ने बुझिएको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार नियमित कार्यसूची सोमबार र बिहीबार भएपनि केही अत्यावश्यक नियुक्तिका विषयमा छलफल गर्न प्रधानमन्त्रीले आजै बैठक बोलाएका हुन् ।

स्रोतका अनुसार आजको बैठकले मुख्य गरी नेपाल राष्ट्र बैंकको रिक्त दुई डेपुटी गभर्नरहरूको नियुक्ति गर्न सक्ने सम्भावना बलियो रहेको छ । गभर्नर डा. विश्व पौडेलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष सम्भावित उम्मेदवारहरूको नाम बुझाइसकेकाले सम्भवतः आजै अर्थमन्त्री वाग्लेले डेपुटी गभर्नरको नाम मन्त्रिपरिषद्मा प्रस्ताव गरेर मन्त्रिपरिषद्बाट अनुमोदन हुने बुझिएको छ ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit