Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सह–सचिव मनमायाको ‘शान्तिको धुन’लाई सचिव पन्थले गरे प्रशंसा

सह–सचिव मनमायाको ‘शान्तिको धुन’लाई सचिव पन्थले गरे प्रशंसा
विज्ञापन
Advertisement

काठमाडौं । विश्वशान्ति, सद्भाव र मानवताप्रतिको प्रतिबद्धतालाई केन्द्रमा राखेर नेपाल सरकारकी सह–सचिव मनमाया भट्टराई पङ्गेनीद्वारा रचित तथा स्वरबद्ध गीत ‘शान्तिको धुन’ सार्वजनिक गरिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

आइतबार काठमाडौंस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजित कार्यक्रममा उक्त गीतको औपचारिक विमोचन गरिएको हो। कार्यक्रममा सरकारी अधिकारी, साहित्यकार, संगीतकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

गीतबारे आफ्नो धारणा राख्दै सह–सचिव पङ्गेनीले विश्वलाई शान्ति, सद्भाव र भाइचाराको सूत्रमा बाँध्न मानव समाजले प्रकृति र सम्पूर्ण जीवजगतको संरक्षणलाई प्राथमिकता दिनुपर्ने बताएकी छन् ।
‘विश्वलाई शान्ति र सद्भावले जोड्ने, मनहरूबीचका फरकपनलाई भाइचाराले जोड्ने तथा प्रकृति र जीवनको रक्षा गर्दै मानव समाजलाई सुन्दर बनाउने कुरा महत्वपूर्ण रहेछ,’ उनले भनिन्, ‘हामी मात्र यो संसारमा बाँच्दैनौं । सबै जीवात्माको अस्तित्वसँगै मानव अस्तित्व पनि जोडिएको छ। प्रकृति जोगिए सबै जोगिन्छ।’

उनले वर्तमान विश्व हिंसा, युद्ध र द्वन्द्वले आक्रान्त बनेको उल्लेख गर्दै संगीत परिवर्तनको शक्तिशाली माध्यम भएको धारणा व्यक्त गरिन् ।
‘अहिले विश्वभर धेरै हिंसा भइरहेको छ। संगीत यस्तो माध्यम रहेछ जसले अन्य धेरै कुराभन्दा छिटो संसारलाई बदल्न सक्छ। त्यसैले सामवेदमा संगीतको सिर्जना भएको रहेछ,’ उनले भनिन् ।

गीत सिर्जनाको पृष्ठभूमिबारे चर्चा गर्दै पङ्गेनीले रूस–युक्रेन युद्ध, अमेरिका–इरानबीचको तनाव तथा विश्वव्यापी अशान्तिको परिवेशले आफूलाई गीत लेख्न प्रेरित गरेको बताइन् । भदौ महिनामा गीतको प्रारम्भिक खाका कोर्दै गर्दा देशभित्र पनि अशान्तिपूर्ण घटनाक्रम देखिएपछि शान्तिको सन्देश फैलाउने उद्देश्यले गीतलाई पूर्णता दिएको उनको भनाइ थियो।

यस्तै, कार्यक्रममा बोल्दै नेपाल सरकारका सचिव रविलाल पन्थले संगीतको प्रभाव अत्यन्त गहिरो हुने बताए।
‘मैले बुझेको गीतले हाँसिरहेको मान्छेलाई तुरुन्तै रुवाउन सक्छ, रोइरहेको मान्छेलाई तुरुन्तै हसाउन सक्छ । निष्क्रिय मान्छेलाई सक्रिय बनाउन सक्छ र कामप्रति उत्प्रेरित गराउन सक्छ,’ उनले भने।

सचिव पन्थले मनमाया भट्टराई पङ्गेनीका सिर्जनाहरू प्रकृतिप्रेम, राष्ट्रप्रेम र शान्तिको भावनाले प्रेरित रहेको उल्लेख गर्दै सार्वजनिक सेवा क्षेत्रमा कार्यरत कर्मचारीहरूको मूल उद्देश्य पनि शान्ति, सुशासन र समृद्धिका लागि काम गर्नु रहेको बताए।

उनले ‘शान्तिको धुन’ले समाजमा सकारात्मक सन्देश प्रवाह गर्दै शान्ति र सहअस्तित्वको भावना सुदृढ बनाउन योगदान पुर्याउने विश्वास व्यक्त गरे।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit