Advertisement
Advertisement
Corporate Samachar
२१ जेष्ठ २०८३, बिहीबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

चलचित्र पत्रकार संघमा पुनः समीर बलामीको नेतृत्वमा नयाँ कार्यसमिति

चलचित्र पत्रकार संघमा पुनः समीर बलामीको नेतृत्वमा नयाँ कार्यसमिति
विज्ञापन
Advertisement

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालको २७औँ साधारण सभा तथा १०औँ महाधिवेशनबाट समीर बलामीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । हिजो शनिबार राति सम्पन्न निर्वाचनबाट संघको अध्यक्षमा समिर बलामी पुनः निर्वाचित भएका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

मतदानमा खसेको कुल मत १४० बलामीले ९५ मत ल्याएर अध्यक्ष पदमा निर्वाचित भएका हुन् भने अध्यक्षकै प्रतिस्पर्धी जीवन पराजुलीले ४२ मत ल्याएर पराजित भएका थिए ।
अध्यक्ष पदमा दोस्रो पटक निर्वाचित पत्रकार बलामीले नयाँ कार्यसमितिले चलचित्र पत्रकारिताको व्यावसायिकता, मर्यादा र साख अभिवृद्धिका लागि सक्रिय भूमिका निर्वाह गर्ने र संघलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन् ।

बलामीको नेतृत्वमा रहेको संघको उपाध्यक्ष (संगठन) मा रघुनाथ सापकोटा निर्वाचित भएका छन् । रघुनाथले ७३ मत पाएर विजयी हुँदा उनका प्रतिस्पर्धी नवीन गिरीले ६२ मत पाएका थिए । उपाध्यक्ष (कार्यक्रम)तर्फ भने कुमार आचार्य निर्विरोध निर्वाचित भएका थिए । त्यस्तै, उपाध्यक्ष (महिला)मा दीपज्योती थापाले ७५ मत ल्याएर विजयी भएकी छन् । उनको प्रतिस्पर्धी सुष्मा कार्कीले ६२ मत पाएकी थिइन् ।

त्यसैगरी महासचिव पदमा गोपीकृष्ण चापागाईँले ५४ मत ल्याएर निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धि मनिष कार्कीले ४४ मत प्राप्त गरेका थिए । महासचिवका चार जना उम्मेदवारमध्ये सीपी जैसीले १९ तथा पवन भट्टराईले १८ मत पाएका थिए ।संघको सचिवमा मदन रिजालले ९४ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी सुरेन्द्र थापा मगरले ४५ मत पाउन सफल भए । सचिव (समावेशी) भने महम्मद जलिम निर्विरोध निर्वाचित भएका थिए ।

कोषाध्यक्षमा मनिष अञ्जान दाहालले ७४ मत ल्याएर निर्वाचित हुँदा उनको प्रतिस्पर्धी निशा बजगाईँले ६५ मत प्राप्त गरेकी थिइन् । त्यस्तै, सह कोषाध्यक्षमा तीन जनाको उम्मेदवारी परेकोमा अर्जुन गुरागाईंले ६२ मत ल्याएर विजयी भए । उनको निकटतम प्रतिस्पर्धी भोला सुवेदी प्रनपले ४२ मत प्राप्त गरेका थिए ।
सदस्य पदका सबै उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका थिए । निर्विरोध निर्वाचित हुने सदस्यहरूमा सुशिल नेपाल, दिनेश थापा, सोजना बिक लोहार, युबर्ण पौडेल (पूजा), रतनबहादुर चन्द, सालिकराम न्यौपाने, नवीन चापागाईं, दीपराज क्षेत्री रहेका छन् ।

अध्यक्ष पदमा दोस्रो पटक निर्वाचित पत्रकार बलामीले नयाँ कार्यसमितिले चलचित्र पत्रकारिताको व्यावसायिकता, मर्यादा र साख अभिवृद्धिका लागि सक्रिय भूमिका निर्वाह गर्ने र संघलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन् । महाधिवेशनको निर्वाचन कमिटिमा अधिवक्ता कृष्ण ढुंगाना मुख्य निर्वाचन अधिकृत रहेका थिए । निर्वाचन मण्डलमा चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, निर्देशक माधवराज खरेल, पूर्वअध्यक्ष विदुर गिरी रहेका थिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit