काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । उतारचढावका बीच नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३.४६ अंकले घटेर २७ सय ६६.७८ विन्दुमा बन्द भएको छ।
दिनभर भएका कारोबारमा ६३ कम्पनीको शेयर मूल्य बढेको छ भने १९८ कम्पनीको मूल्यमा गिरावट आएको छ । बाँकी ८ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ ।
बिहीबार बजारमा कारोबार रकम साढे ४ अर्ब माथि पुगेको छ । कुल ३५३ कम्पनीको १ करोड ६ लाख १७ हजार ४८३ कित्ता शेयर ५१ हजार ६०१ पटकमा खरिद–बिक्री हुँदा ४ अर्ब ७० करोड रुपैयाँबराबरको कारोबार भएको छ ।
सर्वाधिक कारोबार हुनेमा सबैभन्दा बढी आकर्षक एभरेष्ट बैंकमा देखिएको छ, जसको एक्लै ३४ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ । यसपछि एभरेष्ट बैंक, आँखु खोला जलविद्युत, सेन्ट्रल फाइनान्स, नेपाल रिइन्स्योरेन्स, सप्तकोशी डेभलपमेन्ट बैंक रहेका छन् ।
बजार घटे पनि कालिञ्चोक हाइड्रोपावरको शेयर मूल्यमा १४.९९ प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यसबाहेक न्यादी हाइड्रो, एसबिआई बैंक डिबेन्चर, एनआईसी एशिया ऋणपत्र र नबिल डिबेन्चर कमाउने शीर्ष स्थानमा रहे ।
उपसमूह तर्फआज म्युचुअल फन्ड उपसमूह बाहेकका सबै सूचकहरू राताम्मे भएका छन् । म्युचुअल फन्डको सूचक ०.३२ प्रतिशतले बढ्दा बाँकी १२ वटा उपसमूहको सूचकमा गिरावट आएको छ।

















प्रतिक्रिया दिनुहोस्