Advertisement
Advertisement
Corporate Samachar
२१ जेष्ठ २०८३, बिहीबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपालको अनौपचारिक श्रम बजारमा ज्याला ठगी, १३ जिल्लाका ६६ प्रतिशत श्रमिक रित्तै हात 

नेपालको अनौपचारिक श्रम बजारमा ज्याला ठगी, १३ जिल्लाका ६६ प्रतिशत श्रमिक रित्तै हात 
विज्ञापन
Advertisement
काठमाडौं । नेपालको अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या रहेको एक अध्ययन प्रतिवेदनले पुष्टि गरेको छ ।
काठमाडौंमा आज एक्सनएडले सार्वजनिक गरेको प्रतिवेदनमा १३ जिल्लाका ३६१ प्रतिवेदनमा ६६ दशमलव २ प्रतिशतले ज्याला नै नपाएको र ७३ दशमलव ४ प्रतिशत श्रमिकले आंशिक ज्याला प्राप्त गरेको उल्लेख छ । तेह्र जिल्लाका ३६१ जना श्रमिकबीच सर्वेक्षण गर्दा ९३ दशमलव १, लिखित सम्झौता नभएको, ८९ दशमलव २, औपचारिक उजुरी  नपरेको, २४ दशमलव ९, ढिलो भुक्तानी पाएका छन् भने १८ दशमलव ० प्रतिशतले सहमत दरभन्दा कम ज्याला पाएका छन् ।
पुरुषका तुलनामा महिलाले ३१ दशमलव १ प्रतिशतले कम ज्याला पाउने अवस्था प्रतिवेदनले देखाएको छ । असमान ज्यालाको समस्याबाट पुरुषको तुलनामा महिला श्रमिकले ३ दशमलव ५ गुणाबढी प्रभावित हुनुपरेको छ । ठेकेदार, प्रमुख रोजगारदाता र उच्च शोषणको केन्द्र हुने गरेको अध्ययन प्रतिवेदनको निष्कर्ष छ ।
५७ दशमलव ३ प्रतिशत श्रमिकले ठेकेदारमार्फत ज्याला प्राप्त गर्ने, ठेकेदारमार्फत काम गर्ने श्रमिकमा लिखित सम्झौता दर ६ दशमलव ९ मात्रै रहेको र विचौलियामार्फत जोडिएका श्रमिकमा लिखित सम्झौता दर शून्य रहेको प्रतिवेदनमा उल्लेख छ ।प्रतिवेदनमाथि टिप्पणी गर्दै नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) का उपमहासचिव नरनाथ लुइँटेलले अनौपचारिक श्रमिक क्षेत्रमा ज्यालामा ठगी गरिएको  बताए ।
एक्सनएड अन्तरराष्ट्रिय नेपालका कार्यक्रम, नीति तथा व्यवसाय विकास, प्रमुख सरोज पोखरेलले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकले पर्याप्त ठगीको प्रमाण जुटाउनसक्ने स्थिति नभएकाले न्याय पाउन चुनौती थपिएको राय व्यक्त गरे ।
विज्ञापन
Advertisement
Advertisement
साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit