काठमाडौं। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित पशुपति सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडका १४० जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ।
समितिले आफ्नो कार्यालयमा उपलब्ध ऋण विवरणका आधारमा यो नामावली सार्वजनिक गरेको जनाएको हो। यस क्रममा समितिले साविकमा ऋण चुक्ता गरिसकेका तर प्राविधिक वा प्रशासनिक कारणले नामावलीमा नाम समावेश हुन पुगेका व्यक्तिहरूलाई उचित प्रमाणसहित कार्यालयमा उपस्थित हुन आग्रह पनि गरेको छ।
त्यस्तै, सहकारीबाट ऋण लिएर अहिलेसम्म भुक्तानी नगरेका ऋणीहरूलाई समितिको कार्यालयमा सम्पर्क गरी यथाशीघ्र ऋण चुक्ता गर्न सूचित गरिएको छ। तोकिएको समयभित्र ऋण चुक्ता नगरेमा प्रचलित कानुन बमोजिम कडा असुली प्रक्रिया अघि बढाइने समितिले चेतावनी दिएको छ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सर्वसाधारण बचतकर्ताको हित संरक्षण गर्ने तथा सहकारीको फसेको रकम फिर्ता गराउने मुख्य उद्देश्यका साथ यो कदम चालिएको जनाएको छ। सहकारी संकट गहिरिँदै जाँदा सरकारले समस्याग्रस्त सहकारीका ऋणीहरूमाथि निगरानी र असुली प्रक्रियालाई तीव्र बनाएको छ।
यसअघि पनि समितिले विभिन्न समस्याग्रस्त सहकारीका ऋणी तथा सञ्चालकहरूको विवरण सार्वजनिक गर्दै असुली प्रक्रिया अगाडि बढाउँदै आएको छ।
यी हुन् समितिले सार्वजनिक गरेको ऋणीको विवरण :

















प्रतिक्रिया दिनुहोस्