Advertisement
Advertisement
Corporate Samachar
२१ जेष्ठ २०८३, बिहीबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

आर्थिक विधेयकका त्रुटि चौथो पटक सच्याएर संसद सचिवालयमा दर्ता

आर्थिक विधेयकका त्रुटि चौथो पटक सच्याएर संसद सचिवालयमा दर्ता
विज्ञापन
Advertisement

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३र८४ को आर्थिक विधेयकमा देखिएका विभिन्न ५ वटा प्राविधिक त्रुटिहरू सच्याएर संसद सचिवालयमा दर्ता गराएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

जेठ १५ गते बजेटसँगै सार्वजनिक गरिएको उक्त आर्थिक विधेयकमा गल्ती भेटिएपछि अर्थ मन्त्रालयले चौथो पटकसम्म परिमार्जन गरी आफ्नो वेबसाइटमा राखेको थियो ।

मन्त्रालयले पटक–पटक विधेयक सच्याउनुपरेका कारण जेठ १५ गते नै राजपत्रमा आउनुपर्ने ‘सूचित आदेश’ ढिलो गरी अर्थात् जेठ २० गते मात्र प्रकाशित भएको थियो।

अर्थमन्त्री वाग्लेले संसद सचिवालयलाई दिएको जानकारी अनुसार आर्थिक विधेयकको दफा ११ को उपदफा (२), अनुसूची–४ मा छुटेको प्रकरण ५, तथा दफा ५५ को उपदफा (१०) को अनुसूची–१ को समूह २ मा रहेको भन्सार उपशीर्षकलाई सच्याइएको छ ।

यसैगरी, दफा ५७ को उपदफा (५) को खण्ड ‘क’ पछि खण्ड ‘ख’ थप गरिएको छ भने दफा ५८ को उपदफा (५) मा रहेको अनुसूची–३ को भन्सार उपशीर्षकमा समेत संशोधन भएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit