Advertisement
Advertisement
Corporate Samachar
२८ आश्विन २०८३, बुधबार
Advertisement
Advertisement

बाढी प्रभावित कुन क्षेत्रमा कति रकम निकासा भयो ?

बाढी प्रभावित कुन क्षेत्रमा कति रकम निकासा भयो ?
विज्ञापन
Advertisement

काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित पाँच जिल्लाका १५ स्थानीय तहका लागि  १३ करोड ५० लाख रूपैयाँ निकासा गरेको छ । सरकारले दुई चरणमा गरी ती पालिकामा उक्त रकम निकासा गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार भोटेकोशी हुँदै त्रिशूली नदीमा बाढी गएलगत्तै रसुवा र नुवाकोटका लागि  एक-एक करोड र धादिङका लागि ५० लाख दिने निर्णय सरकारले गरेको थियो । त्यसपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत यही भदौ १२ गते रु छ करोड ५० लाख र १६ गते  छ करोड ५० लाख गरी  १३ करोड ५० लाख रुपैयाँ निकासा गरेको हो
।
प्राधिकरणका अनुसार रसुवाको उत्तरगया गाउँपालिकाका लागि रु एक करोड ५० लाख, गोसाइँकुण्ड गाउँपालिकाका लागि रु दुई करोड, कालिका गाउँपालिकाका लागि ६० लाख रुपैयाँ र आमा छोदिङ्मो गाउँपालिकाका लागि ४० लाख रुपैयाँ निकासा गरिसकेको छ ।

त्यसैगरी, नुवाकोटको विदुर नगरपालिकाका लागि  तीन करोड, बेलकोटगढी नगरपालिकाका लागि एक करोड ५० लाख रुपैयाँ किस्पाङ गाउँपालिकाका लागि ५० लाख रुपैयाँ र तारकेश्वर गाउँपालिकाका लागि एक करोड रुपैयाँ निकासा गरिएको छ ।

त्यस्तै, धादिङका गल्छी गाउँपालिकाका लागि ६० लाख रुपैयाँ, सिद्धलेक गाउँपालिकाका लागि ४० लाख रुपैयाँ, गजुरी गाउँपालिकाका लागि ४० लाख रुपैयाँ र बेनिघाट रोराङ गाउँपालिकाका लागि ४० लाख रुपैयाँ निकासा गरिएको प्राधिकरणले जनाएको छ ।

साथै गोरखाको गण्डकी गाउँपालिकाका लागि ४० लाख रुपैयाँ तथा तनहुँको देवघाट गाउँपालिकाका लागि ४० लाख रुपैयाँ र आँबुखैरनी गाउँपालिकाका लागि ४० लाख रुपैयाँ निकासा भइसकेको पनि प्राधिकरणले जनाएको छ ।

यसैबीच, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हालसम्म रू सात अर्ब ८८ लाख ५७ हजार २१७ जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई भदौ १६ गते रू एक करोड निकासा दिएपछि अब सो कोषमा रू छ अर्ब ८८ लाख ५७ हजार २१७ मौज्दात रहेको छ । साथै प्रधानमन्त्री राहत कोषमा थप ६१ लाख ४१ हजार ७०२ अमेरिकी डलर जम्मा भएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit