Advertisement
Advertisement
Corporate Samachar
३० जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सन नेपाल लाइफद्वारा उत्कृष्ट कार्यसम्पादन गर्ने ७ जना अभिकर्ताहरूलाई सम्मान

सन नेपाल लाइफद्वारा उत्कृष्ट कार्यसम्पादन गर्ने ७ जना अभिकर्ताहरूलाई सम्मान
विज्ञापन
Advertisement

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरूको क्षमता अभिवृद्धि र हौसला बढाउने उद्देश्यले अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

‘प्रयत्न निरन्तर सम्मान र सबलीकरणको अवसर’ शीर्षकमा आयोजित उक्त एक दिने विशेष कार्यक्रममा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका १७० भन्दा बढी बीमा सल्लाहकारहरूले सहभागिता जनाएको कम्पनीले उल्लेख गरेको छ ।

उक्त कार्यक्रममा सहभागीहरूलाई अन्तर्राष्ट्रिय मोटिभेसनल स्पिकर बिजय झाद्वारा विशेष व्यावसायिक प्रशिक्षण समेत प्रदान गरिएको थियो। उनले बिक्री कला, लक्ष्य निर्धारण, आत्मविश्वास विकास र बदलिँदो बीमा बजारमा सफल हुने रणनीतिबारे व्यावहारिक ज्ञान प्रदान गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । साथै, कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने ७ जना अभिकर्ताहरूलाई उनीहरूको शाखाअन्तर्गत उत्कृष्ट व्यापार गरेकोमा विशेष सम्मान गरिएको थियो।

सो अवसरमा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत कवि फुयालले अभिकर्ताहरूलाई कम्पनीको मेरुदण्डको संज्ञा दिँदै उनीहरूको सशक्तिकरण नै कम्पनीको सफलताको आधार भएको बताए । यसैगरी, कार्यक्रममा प्रमुख बजार अधिकृत गणेश चौलागाईंले अभिकर्ताहरूलाई निरन्तर सिकाइ र अनुशासनमा जोड दिन आग्रह गरे । हालै सम्पन्न कार्यक्रममा कर्णाली प्रदेश प्रमुख गोविन्द ढकालले स्वागत मन्तव्य राखेका थिए । यस्ता कार्यक्रमहरुबाट अभिकर्ताहरूको दक्षता अभिवृद्धि गर्दै देशभर बीमाको पहुँच विस्तार गर्ने मुख्य लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

हाल सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना १४८ शाखा तथा उपशाखाहरू मार्फत सर्वसाधारणलाई बीमा सेवा प्रदान गर्दै आइरहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit