Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

एनआईसी एशिया बैंकलाई सात वर्षपछि हकप्रद शेयर निष्काशनको अनुमती

एनआईसी एशिया बैंकलाई सात वर्षपछि हकप्रद शेयर निष्काशनको अनुमती
विज्ञापन
Advertisement

काठमाडौं। एनआईसी एशिया बैंकले आफ्ना शेयरधनीहरूका लागि ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न नेपाल राष्ट्र बैंकबाट पूर्व–स्वीकृति प्राप्त गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

लामो समयदेखि पुँजीकोषको दबाबमा रहेको बैंकलाई राष्ट्र बैंकले वैशाख १७ गते पत्रमार्फत यो अनुमति दिएको हो। बैंकले हाल कायम २ कित्ता शेयर बराबर नयाँ १ कित्ता (२स्१) को अनुपातमा हकप्रद शेयर जारी गर्न अनुमती पाएको हो । बैंकको आगामी २८औँ वार्षिक साधारण सभाबाट पारित भएपछि र नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि मात्र शेयर निष्काशन प्रक्रिया अघि बढ्नेछ। बैंकको हालको चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ रहेको छ। ५० प्रतिशत हकप्रदपछि बैंकको पुँजीमा वृद्धि हुनेछ।

नेपाल राष्ट्र बैंकले करिब सात वर्षयता समस्याग्रस्त संस्थाबाहेक अन्य बैंकहरूलाई हकप्रद शेयर निष्काशनको अनुमति दिएको थिएन। एनआईसी एशियाले आर्थिक वर्ष २०७८र७९ देखि नै यसको प्रयास गरे पनि हाल आएर मात्र सफलता पाएको हो। निष्क्रिय कर्जा र सञ्चित नोक्सानी बढ्दा बैंकको प्राथमिक पुँजीकोष राष्ट्र बैंकले तोकेको न्यूनतम सीमाभन्दा तल झरेको थियो। पुँजीकोषमा पर्याप्त रकम नहुँदा बैंकलाई थप कर्जा प्रवाह र लाभांश वितरणमा समेत अप्ठ्यारो परेको थियो।

यो हकप्रद निष्काशनपछि बैंकको पुँजीगत आधार बलियो हुने र राष्ट्र बैंकको नियामकीय मापदण्ड पूरा भई बैंकको व्यवसायिक क्षमतामा सुधार आउने अपेक्षा गरिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit