Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

सिटिजन्स क्यापिटलद्वारा म्युचुअल फण्ड र मुनाफाबाट २८ करोड बढी लाभांश वितरण सुरु

सिटिजन्स क्यापिटलद्वारा म्युचुअल फण्ड र मुनाफाबाट २८ करोड बढी लाभांश वितरण सुरु
विज्ञापन
Advertisement

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले सिटिजन्स म्युचुअल फण्ड तथा आफ्नै मुनाफाबाट २८ करोड रुपैयाँ बढाी नगद लाभांश वितरण आजदेखि गर्न थालेको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले आर्थिक वर्ष २०८१/८२ को कूल २८ करोड पाँच लाख २१ हजार रुपैयाँबराबरको नगद लाभांश वितरण सुरु गरेको हो । यसअन्तर्गत सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालित योजनाहरुको २०८१/८२ को मुनाफा तथा सञ्चित कोषबाट यही भदौ १२ गतेसम्म कायम रहेका ईकाइधनीहरुलाई लाभांश वितरण गर्नेछ ।

सिटिजन्स म्युचुअल फण्ड–२ बाट करसहित ८.२५ ले हुने नगद लाभांश ४,६२,००,००० र सिटिजन्स सुपर ३० म्युचुअल फण्डबाट करसहित १२.७५ ले हुने नगद लाभांश ९,५७,१७,२९७ रुपैयाँ गएको भदौ २० गतेदेखि वितरण गर्न थालिएको क्यापिटलले जनाएको छ।

साथै, सिटिजन्स म्युचुअल फण्ड–१ मा ०८१ फागुन १९ गते परिपक्व भई न्याभ ११.३० को दरले कूल ९२,६६,०३,७२३ रुपैयाँ वितरण गरेको थियो। अन्तिम वर्षको १३ प्रतिशत नगद लाभांश समेत वितरण भइसकेको क्यापिटलले जानकारी दिएको छ। क्यापिटलले आफ्नो मुनाफाबाट सेयरधनीहरुलाई ३,२०,००,००० बराबरको लाभांश आजदेखि (भदौ २०) देखि वितरण गरिरहेको उल्लेख गर्दै वितरित नगद लाभांश बुझिलिन कम्पनी सचिव रमेश लुईटेलले ईकाइधनीहरुलाई आग्रह गरे ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit