Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

नियम विपरित काम गर्ने दुई बिमा कम्पनीलाई प्राधिकरणको जरिवाना

नियम विपरित काम गर्ने दुई बिमा कम्पनीलाई प्राधिकरणको जरिवाना
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल बिमा प्राधिकरणले प्रचलित ऐन र निर्देशन पालना नगर्ने दुई कम्पनीलाई कारबाही गरेको छ। प्राधिकरणले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) र लर्ड बुद्ध रि–इन्स्योरेन्स ब्रोकिङलाई जरिवाना गर्ने निर्णय गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

प्राधिकरणका अनुसार सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सम्पत्ति बिमा निर्देशन, २०८० को गम्भीर उल्लंघन गरेको पाइएको छ। उक्त निर्देशनको दफा २५ (२)मा बिमादर अनुसार पूर्ण बिमाशुल्क लिनुपर्ने र जारी गरिने बिमालेखको बिमाशुल्कमा कुनै पनि प्रकारको छुट (डिस्काउन्ट), रिहायत वा कटौती गर्न नपाइने स्पष्ट व्यवस्था छ। तर, कम्पनीले उक्त व्यवस्थाको बर्खिलाप हुने गरी बिमाशुल्कमा छुट दिएको भन्दै प्राधिकरणले बिमा ऐन, २०७९ को दफा १३८ (४) खण्ड (क) बमोजिम पहिलो पटकका लागि २ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो।

यस्तै, प्राधिकरणले लर्ड बुद्ध रि–इन्स्योरेन्स ब्रोकिङलाई ‘पुनर्बिमा दलालसम्बन्धी निर्देशिका, २०७८’ पालना नगरेको भन्दै जरिवाना गरेको छ। उक्त निर्देशिकाको दफा १५ मा स्वामित्व परिवर्तन सम्बन्धी कडा व्यवस्था छ, जसअनुसार प्राधिकरणको (साविकको समिति) पूर्व स्वीकृति बिना स्वामित्व परिवर्तन वा हस्तान्तरण गर्न पाइँदैन। लर्ड बुद्धले सो प्रक्रिया मिचेर स्वामित्व सम्बन्धी कार्य गरेको ठहर गर्दै प्राधिकरणले बिमा ऐन, २०७९ को दफा १३८ (६) को खण्ड (क) बमोजिम पहिलो पटकका लागि ५ हजार रुपैयाँ जरिवाना तोकेको छ।

प्राधिकरणले बिमा बजारलाई मर्यादित र पारदर्शी बनाउन नियमनकारी निर्देशनहरूको पूर्ण पालना गर्न सबै कम्पनीहरूलाई सचेत समेत गराएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit