Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

बजार घट्दा दुई नयाँ हाइड्रो कम्पनीमा लगातार सकारात्मक सर्किट

बजार घट्दा दुई नयाँ हाइड्रो कम्पनीमा लगातार सकारात्मक सर्किट
विज्ञापन
Advertisement

काठमाडौं। साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य १.४६ अंकले घटेर २७०० बिन्दुमा कायम भएको छ।

विज्ञापन
Advertisement
Advertisement

बजारमा दिनभर उतारचढाव सीमित रहँदा समग्र सूचक घटे पनि केही क्षेत्रगत सूचकमा भने वृद्धि देखिएको छ।

नेप्सेका अनुसार आज ३५३ कम्पनीको ८१ लाख कित्ता शेयर किनबेच हुँदा कुल ४ अर्ब ४४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन (शुक्रबार) ४ अर्ब ५३ करोड रुपैयाँको कारोबार भएको थियो।आज ११६ कम्पनीको शेयर मूल्य बढ्दा १४३ कम्पनीको मूल्य घटेको छ भने १४ कम्पनीको मूल्य स्थिर रहेको छ।

समग्र बजार घटे पनि फाइनान्स समूह सबैभन्दा आकर्षक देखिएको छ। फाइनान्स समूहको सूचक १.०१ प्रतिशतले बढेर जेठ २९ यताकै उच्च विन्दु २४९० मा पुगेको छ। यस समूहअन्तर्गत मञ्जुश्री फाइनान्सको शेयर मूल्य सबैभन्दा धेरै ४.७२ प्रतिशतले बढेको छ।

फाइनान्ससँगै माइक्रोफाइनान्स समूह ०.४२ प्रतिशत र व्यापार समूह ०.९२ प्रतिशतले उकालो लागेको छ। यद्यपि बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत्, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा तथा अन्य समूहका सूचकहरूमा गिरावट देखिएको छ।

यसैबीच, शुक्रबार मात्रै सूचीकृत भएका टक्सार पिखुवाखोला हाइड्रोपावर र याम्बलिङ हाइड्रोपावरको शेयर मूल्यमा लगातार दोस्रो दिन पनि सकारात्मक सर्किट लागेको छ। दुवै कम्पनीको शेयर मूल्य १५ प्रतिशतले बढेर प्रतिकित्ता ३४५ रुपैयाँ पुगेको छ।

त्यस्तै, सोपान फर्मास्युटिकल्सको शेयर मूल्य ५.६६ प्रतिशत र एपोलो हाइड्रोपावरको ५.२६ प्रतिशतले वृद्धि भएको छ। घट्ने कम्पनीतर्फ गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र भुजुङ हाइड्रोपावरको शेयर मूल्य ३.०४ प्रतिशतका दरले ओरालो लागेको छ।

कारोबार रकमका आधारमा सोपान फर्मास्युटिकल्स शीर्ष स्थानमा रह्यो। कम्पनीको ३७ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसपछि एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ३० करोड रुपैयाँ, एनबीबीएल डिबेञ्चर १०.२५ प्रतिशतको २८ करोड रुपैयाँ, स्वाबलम्बन लघुवित्तको २० करोड रुपैयाँ तथा आँखुखोला जलविद्युत्को १७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit