काठमाडौं । नेपालका लागि बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकले दुई लोकप्रिय इलेक्ट्रिक एसयूभीको मूल्य समायोजन गरेको छ।
नयाँ समायोजनअनुसार बीवाईडी ‘एटो–टु’ र ‘एटो–थ्री’ दुबै मोडेलको मूल्य बढाइएको हो ।कम्पनीका अनुसार यसअघि ४५ लाख ९५ हजार रुपैयाँमा बिक्री हुँदै आएको बीवाईडी ‘एटो–टु’ को मूल्य ३ लाख ४ हजार रुपैयाँले बढेर अब ४८ लाख ९९ हजार रुपैयाँ पुगेको छ ।
त्यस्तै, ‘एटो–थ्री (एड्भान्स्ड भेरियन्ट) को मूल्य २ लाख रुपैयाँले वृद्धि भएको छ। यसअघि ५९ लाख ९९ हजार रुपैयाँ रहेको यो मोडेलको मूल्य अब ६१ लाख ९९ हजार रुपैयाँमा पर्नेछ । बीवाईडीले ‘एटो–१’ को मूल्य भने यथावत् रहेको जनाएको छ।
कम्पनीले सरकारले नयाँ बजेटमार्फत लागू गरेको भन्सार महसुल र हरित पूर्वाधार शुल्क का कारण मूल्य समायोजन गर्नुपरेको जनाएको छ। सरकारले ५० लाख रुपैयाँभन्दा कम मूल्यका विद्युतीय सवारी साधन (ईभी) मा मूल्य घट्ने दाबी गरिरहँदा बीवाईडीका यी मोडेलको मूल्य भने बढेको हो ।
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बजेटपछि एक कार्यक्रममा ५० लाखभन्दा कम मूल्यका ईभीमा कर घट्ने दाबी गरेका थिए। तर, बजारमा भने त्यसको विपरीत मूल्य समायोजन भएको देखिएको छ ।















प्रतिक्रिया दिनुहोस्