Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

आजबाट अञ्जन श्रेष्ठको हातमा एफएनसिसीआईको कमान्ड, नवनिर्वाचित पदाधिकारीले लिए शपथ (तस्बिरहरु)

आजबाट अञ्जन श्रेष्ठको हातमा एफएनसिसीआईको कमान्ड, नवनिर्वाचित पदाधिकारीले लिए शपथ (तस्बिरहरु)
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ६० औँ वार्षिक साधारण सभाबाट नवनिर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । वैशाख २२ गते काठमाडौंको कमलादीमा भएको मतदानको अन्तिम परिणाम २३ गते आएसँगै आज विधानतः स्वतः अध्यक्ष बनेका अञ्जन श्रेष्ठलगायत, निर्वाचित विभिन्न पदाधिकारी, केन्द्रीय सदस्य एवं कार्यकारिणी सदस्य सबैले पद तथा गोपनियताको शपथ लिएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

बिहीबार आयोजित एक विशेष कार्यक्रममा निवर्तमान अध्यक्ष चन्द्र प्रसाद ढकालले अध्यक्ष अञ्जन श्रेष्ठलाई पद ततथा गोपनियताको शपथ गराएका हुन् । लगत्तै श्रेष्ठले अन्य सबै पदाधिकारी एवं सदस्यहरुलाई पद तथा गोपनियताको शपथ दिलाए । नवनिर्वाचित सबै पदाधिकारीले आजै प्रमाणपत्र बुझेका छन्।

कुल ७३ पदका लागि भएको महासंघको निर्वाचनमार्फत ६९ पदाधिकारी चुनिएका छन् । बाँकी चार पदका लागि भने आधा कार्यकालको सहमती भएको छ । निराजन चलाउने, रघुनन्दन मारु, विप्लव अधिकारी र सुरज बन्जाडेले समान ५०–५० मत प्राप्त गरेपछि उनीहरूबीच आधाआधा कार्यकाल बाँड्ने सहमति भएको हो । जसअनुसार दुई जनाले पहिलो डेढ वर्ष र बाँकी दुई जनाले पछिल्लो डेढ वर्ष कार्यकाल सम्हाल्नेछन् ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit