काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३-०८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुबै ससंदलाई सम्बोधन गर्दै सरकारको आगामी एक वर्ष नीति र कार्यक्रम सार्वजनिक गरेको हो ।
यसपटकको नीति तथा कार्यक्रममा सरकारले ठुलो महत्वकांक्षी आयोजनाभन्दा पनि सुधार तर्फ जोड दिएको छ भने नयाँ सम्भावनाको खोजीलाई प्राथमिकता दिने संकेत गरेको छ । एक सय बुँदामा समेटिएका नीति तथा कार्यक्रममा भएका संरचनालाई नै सुधार गरेर सुशासनसहितको आर्थिक सुधार र नयाँ लगानीको खोजिमा केन्द्रित हुन खोजेको देखिन्छ ।
लगानीको सम्भावना खोजी, आर्थिक अवरोधका कर नीतिलाई ठुलो संरचनागत सुधार र निजी क्षेत्रलाई सरल र सहज तर्फ यो नीति तथा कार्यक्रमले समेट्न खोजेको छ । अर्कोतर्फ अहिलेको समयमा प्रविधिलाई नै हतियार बनाएर त्यस मार्फत नै स्रोत साधनको कम प्रयोगगरी काम गर्नुपर्ने अनलाई प्रणालीलाई सुधार गर्नुपर्ने सरकारको एक सय बुँदा नीति तथा कार्यक्रममा उल्लेख छ ।
सरकार बनेको देखि नै एक सय बुँदा सहितको ‘शासकिय सुधार’लाई आधार मानेर सरकारले सय बुँदाकै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
लगानी, उर्जा, कृषि, रोजगार जस्ता जनता दैनिकिसँग जोडिएका विषयलाई यो नीति तथा कार्यक्रमले पहिल्याउन खोजेको छ । करका दरहरुलाई फराकिलो बनाउने,पूँजी बजारमा गैरआवासिय नेपालीको लगानी पेन्सन कोष जस्ता प्याकेजलाई प्राथमिकता दिएको छ। सरकारले आगामी आर्थिक वर्षको बजेट यही नीति तथा कार्यक्रममा केन्द्रित रहेर ल्याउने छ ।

















प्रतिक्रिया दिनुहोस्