Advertisement
Advertisement
Corporate Samachar
२२ असार २०८३, सोमबार
Advertisement

नेपाल सरकार र एडीबीबीच १६५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सम्झौता

नेपाल सरकार र एडीबीबीच १६५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सम्झौता
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी) बीच १६५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ।

विज्ञापन
Advertisement
Advertisement

अर्थ मन्त्रालयमा आइतबार आयोजित समारोहमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र एडीबीका अध्यक्ष मासातो कान्डाको उपस्थितिमा दुईवटा ऋण सम्झौतामा हस्ताक्षर गरिएको हो। नेपालको तर्फबाट अर्थसचिव डा. घनश्याम उपाध्याय र एडीबीको नेपालस्थित आवासीय नियोगका देशीय निर्देशक आर्नो कुश्वाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार एडीबीले नेपाललाई एकीकृत खानेपानी तथा ढल व्यवस्थापन (क्षेत्रीय) आयोजना का लागि ११५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण उपलब्ध गराउनेछ। उक्त रकम स्थानीय तहमा खानेपानी तथा ढल व्यवस्थापनसम्बन्धी एकीकृत पूर्वाधार निर्माणमा खर्च गरिने जनाइएको छ।

यस्तै दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग तथा लजिस्टिक्स सुधार कार्यक्रम–उपकार्यक्रम २ का लागि ५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण उपलब्ध गराइने भएको छ। यो रकम भन्सार कार्यप्रक्रिया तथा ढुवानी–आपूर्ति (लजिस्टिक्स) सेवाको आधुनिकीकरणमा गरिएको सुधारका लागि बजेटरी सहयोगका रूपमा परिचालन गरिने अर्थ मन्त्रालयले जनाएको छ।

सम्झौतापछि अर्थमन्त्री वाग्लेले नेपालको विकासमा एडीबीबाट प्राप्त सहयोगको उच्च मूल्यांकन गर्दै आगामी दिनमा दुवै पक्षबीचको साझेदारी अझ सुदृढ हुने विश्वास व्यक्त गरे।

एडीबीका अध्यक्ष कान्डाले नेपालसँगको करिब छ दशक लामो सहकार्यलाई थप प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै नेपालको बाह्य तथा आन्तरिक चुनौती सामना गर्न बैंक निरन्तर सहयोगी रहने बताए। उनले एडीबीका विकास प्राथमिकता नेपाल सरकारका विकास प्राथमिकतासँग मेल खाने पनि उल्लेख गरे। एडीबीका अध्यक्ष कान्डा दुई दिने नेपाल भ्रमणका लागि आइतबार राती काठमाडौं आइपुगेका हुन् । उनले प्रधानमन्त्री वालेन्द्र शाहसँग मंगलबार भेट गर्ने कार्यक्रम छ ।

समारोहमा नेपाल सरकार तथा एसियाली विकास बैंकका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit