Advertisement
Advertisement
Corporate Samachar
३० जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नीति तथा कार्यक्रममाथिको प्रश्नको जवाफ दिन पछि हटे प्रधानमन्त्री

नीति तथा कार्यक्रममाथिको प्रश्नको जवाफ दिन पछि हटे प्रधानमन्त्री
विज्ञापन
Advertisement

काठमाडौं। सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने भएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

यसअघि संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री बालेन्द्र शाहले जवाफ दिने उल्लेख थियो। तर, अन्तिम समयमा प्रधानमन्त्री शाहको सट्टा अर्थमन्त्री वाग्लेले जवाफ दिने गरी कार्यतालिका परिवर्तन भएको संसद सचिवालयले जनाएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि आज कर्मकाण्डी छलफल गरेर त्यसलाई एकै दिनमा पास गर्ने सरकारको तयारी थियो । छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्न को सामना प्रधानमन्त्रीले गर्नुपर्ने संसदीय अभ्यास रहँदै आएपनि बुधबार प्रधानमन्त्रीले उक्त जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिएको बताइएको छ।

आजको बैठकमा विभिन्न दलका सांसदहरूबाट प्राप्त संशोधन प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गरिने तथा नीति तथा कार्यक्रम पारित गर्ने सरकारको तयारी रहेको छ।

प्रतिनिधि सभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। हिजोको बैठकमा प्रतिपक्ष सहि अन्य दलका शीर्ष नेताहरूले नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै सम्बोधन गरिसकेका छन्।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit