काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ। यसदिन नेप्से परिसूचक ८.१४ अंकले घटेर २७२८.०३ विन्दुमा बन्द भएको हो ।
नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । बुधबार ४ अर्ब २९ करोड रुपैयाँको शेयर खरिद–बिक्री भएकोमा बिहीबार ३५० वटा धितोपत्रको ९२ लाख ३१ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९० करोड रुपैयाँ बराबरमा कारोबार खुम्चिएको छ ।
आज बजारमा ८२ कम्पनीको शेयर मूल्य बढ्दा १७८ कम्पनीको घटेको छ भने १३ कम्पनीको मूल्य स्थिर रह्यो । बिहीबार सीटी होटलको सर्वाधिक २३ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार हुँदा दोस्रो स्थानमा सेन्ट्रल फाइनान्सको १७ करोड ५६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।
धेरै कमाउनेमा आज सोपान फर्मास्युटिकल्स कम्पनी रहेको छ । यस कम्पनीको मूल्य १५ प्रतिशत (प्रतिकित्ता ४६२.४०) र एपोलो हाइड्रोपावरको मूल्य १४.९७ प्रतिशत (प्रतिकित्ता ३९६.२०) ले बढेर सकारात्मक सर्किट लागेको छ।
धेरै गुमाउनेमा भने सप्तकोशी डेभलपमेन्ट बैंक रहेको छ । बैंकको शेयर मूल्य सर्वाधिक १३.५१ प्रतिशतले घटेर प्रति कित्ता ८७७ रुपैयाँ ९० पैसामा झरेको छ।
समूहगत रुपमा कारोबारमा आएका १३ समूहमध्ये २ समूह मात्र बढेका छन् भने ११ समूहको परिसूचक घटेको छ । जसमा वित्त समूह सबैभन्दा धेरै १.४५ प्रतिशतले ओरालो लागेको छ।

















प्रतिक्रिया दिनुहोस्