Advertisement
Advertisement
Corporate Samachar
१८ असार २०८३, बिहीबार
Advertisement

कृषि समितिमा मल व्यवस्थापनलाई प्राथमिकता, वैकल्पिक उपायबारे छलफल

कृषि समितिमा मल व्यवस्थापनलाई प्राथमिकता, वैकल्पिक उपायबारे छलफल
विज्ञापन
Advertisement

काठमाडाैं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मल व्यवस्थापनलाई प्राथमिकता दिँदै रासायनिक मलको विकल्प खोज्नुपर्ने आवश्यकता औंल्याइएको छ।

विज्ञापन
Advertisement
Advertisement

कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले सरकारले हाल मल आपूर्तिमा केन्द्रित भएर काम गरिरहेको बताउँदै मलमा भइरहेको ठूलो लगानी अन्य कृषि क्षेत्र, विशेषगरी उत्पादन बिक्री र बजार व्यवस्थापनमा प्रयोग गर्न सकिने धारणा राखिन्। उनले “मलको विकल्प खोज्नुपर्छ” भन्दै दीर्घकालीन सुधार आवश्यक रहेको उल्लेख गरिन्।

मन्त्री चौधरीले नीति तथा कार्यक्रम निर्माणका क्रममा पर्याप्त छलफल हुन नसकेको स्वीकार गर्दै सरकार किसानका समस्या समाधानमा गम्भीर रहेको दाबी गरिन्। उनले विश्वव्यापी आर्थिक परिस्थितिका कारण चुनौती बढेको बताउँदै तत्काल ठूलो परिवर्तन सम्भव नभए पनि सुधारका काम अघि बढाइने बताइन्।

बैठकमा सांसदहरूले किसानले उत्पादन नष्ट गर्नुपरेका घटना, बीमा र क्षतिपूर्तिको अभाव जस्ता समस्या उठाएका थिए। सांसद आशिका तामाङले किसानको पीडा अझै कायम रहेको भन्दै उत्पादन बिक्री नहुँदा हुने क्षति र मानसिक तनावबारे प्रश्न उठाइन्।

समिति सभापति अशोक कुमार चौधरीले मल आपूर्ति सुनिश्चित गर्न सरकारलाई आग्रह गर्दै असारमै मल पुर्‍याउने विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit