काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुन प्रतितोला ४५ सय र चाँदी ३३० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार एक तोला सुनको भाउ दुई लाख ९४ हजार रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला दुई लाख ९८ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो । त्यसअघि बिहीबार सुन प्रतितोला तीन लाख दुई हजार २०० रुपैयाँमा किनबेच भएको थियो ।
यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। महासंघका अनुसार आज चाँदी तोलामा पाँच हजार ६० रुपैयाँ कायम भएको छ । अघिल्लो साता लगातार चार कारोबार दिन उकालो लागेको चाँदीको मूल्य शुक्रबार ३५५ रुपैयाँले घटेर पाँच हजार ३९० रुपैयाँमा खरिदबिक्री भएको थियो ।















प्रतिक्रिया दिनुहोस्