काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले विज्ञान तथा प्रविधिसम्बन्धी दुई अध्यादेश जारी गरेका छन्। साथै उनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालनसम्बन्धी विधेयक पनि प्रमाणीकरण गरेका छन् ।
राष्ट्रपति कार्यालयका अनुसार सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले शुक्रबार नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा–प्रतिष्ठान अध्यादेश, २०८३ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश, २०८३ जारी गरेका हुन् ।
यसैगरी, राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई पनि राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका छन् ।
दुई अध्यादेश जारी हुनु र विधेयक प्रमाणीकरण हुनुले विज्ञान, प्रविधि तथा नवप्रवर्तन क्षेत्रसँग सम्बन्धित कानुनी व्यवस्थालाई सरकारले अघि बढाउने प्रक्रियामा थप कदम चालेको छ ।















प्रतिक्रिया दिनुहोस्