Advertisement
Advertisement
Corporate Samachar
१८ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

मोबाइल बजारलाई व्यवस्थित बनाउन क्यान महासंघ र एनएमडिएबीच संस्थागत सहकार्य

मोबाइल बजारलाई व्यवस्थित बनाउन क्यान महासंघ र एनएमडिएबीच संस्थागत सहकार्य
विज्ञापन
Advertisement

काठमाडौं । नेपालको सूचना प्रविधि तथा मोबाइल व्यवसाय क्षेत्रका दुई प्रमुख छाता संगठन कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ) र नेपाल मोबाइल डिस्ट्रिब्युटर्स एशोसिएशन (एनएमडिए) बीच मोबाइल उद्योगको विकास तथा क्षेत्रका विद्यमान चुनौती समाधान गर्न रणनीतिक संस्थागत सहकार्य सुरु भएको छ।

विज्ञापन
Advertisement
Advertisement

क्यान महासंघको केन्द्रीय कार्यालय खुसिबुमा आइतबार दुवै संस्थाका उच्च नेतृत्वबीच भएको ‘संस्थागत गठबन्धन छलफल’मा मोबाइल क्षेत्रसँग सम्बन्धित नीतिगत सुधार, अवैध आयात (ग्रे मार्केट) नियन्त्रण तथा समग्र मोबाइल इकोसिस्टमको व्यवस्थापनका विषयमा विस्तृत छलफल भएको हो।

बैठकपछि क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरन्जीवी अधिकारी र एनएमडिएका अध्यक्ष रघु त्रिपाठीले संयुक्त रूपमा नेपाली मोबाइल बजारलाई सुरक्षित, पारदर्शी र व्यवस्थित बनाउन राज्यस्तरमा प्रभावकारी नीतिगत पैरवी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

छलफलमा नीतिगत अस्पष्टता हटाउने, ग्रे मार्केटबाट भित्रिने मोबाइल उपकरणको नियन्त्रण गर्ने तथा हार्डवेयर र मोबाइल क्षेत्रको प्रभावकारी नियमनका लागि साझा पहल गर्ने विषयलाई प्राथमिकता दिइएको थियो। साथै, मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) को प्रभावकारी कार्यान्वयन र व्यावहारिक आयात नीति निर्माणमा पनि दुवै संस्था सहकार्य गर्न सहमत भएका छन्।

बैठकमा संस्थागत परिचय आदानप्रदान, दुवै कार्यसमितिबीच कार्यदिशा निर्धारण, साझा चुनौतीको पहिचान तथा दीर्घकालीन सहकार्यका लागि रोडम्याप तयार गर्ने विषयमा समेत छलफल भएको थियो।

क्यान महासंघका कार्यवाहक अध्यक्ष अधिकारीले सूचना प्रविधि र मोबाइल क्षेत्र देशको अर्थतन्त्रको महत्वपूर्ण आधार बनिसकेको उल्लेख गर्दै क्षेत्रभित्र रहेका विकृति अन्त्य गर्न दुवै संस्थाको सहकार्य आवश्यक रहेको बताए। उनले अवैध आयातका कारण राज्यले राजस्व गुमाउनुका साथै वैधानिक व्यवसायीहरू समेत प्रभावित भएको भन्दै त्यसविरुद्ध संयुक्त पहल गरिने स्पष्ट पारे।

त्यस्तै, एनएमडिएका अध्यक्ष त्रिपाठीले मोबाइल क्षेत्रलाई व्यवस्थित र प्रतिस्पर्धी बनाउन क्यान महासंघसँगको सहकार्य महत्वपूर्ण हुने विश्वास व्यक्त गर्दै यसले नीतिगत सुधारका प्रयासलाई थप प्रभावकारी बनाउने बताए।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit