Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

अटोमोबाइल क्षेत्रको हितका लागि नाडा र नाइमाबीच सहकार्य, प्रतिस्पर्धा होइन साझेदारी

अटोमोबाइल क्षेत्रको हितका लागि नाडा र नाइमाबीच सहकार्य, प्रतिस्पर्धा होइन साझेदारी
विज्ञापन
Advertisement

काठमाडौं । नेपालको अटोमोबाइल क्षेत्रमा क्रियाशील दुई प्रमुख संस्था—नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) र हालै स्थापना भएको नेपाल अटोमोबाइल्स इम्पोर्टस एण्ड म्यानुफ्राक्चरर्स एशोसिएसन (नाइमा)बीच सहकार्यको नयाँ युग सुरु भएको छ।

विज्ञापन
Advertisement
Advertisement

सुरुवातमा नाइमा गठनप्रति असन्तुष्टि देखाउँदै आएको नाडाले अब नाइमाको स्वतन्त्र अस्तित्वलाई औपचारिक मान्यता दिएको छ। दुबै संस्था नेपाली अटोमोबाइल उद्योगको दीगो विकास, नवप्रवर्तन र नीतिगत स्थिरता सुनिश्चित गर्न सहकार्यमा अघि बढ्न तयार भएका हुन्।

आइतबार, नाडाका पूर्व अध्यक्ष शेखर गोल्छाको उपस्थितिमा, नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्य र नाडाका अध्यक्ष करण चौधरीबीच संयुक्त सहमति पत्रमा हस्ताक्षर भएको हो। सम्झौताअनुसार, दुबै संस्था स्वतन्त्र रूपमा क्रियाशील रहे पनि उद्योगको साझा हितका लागि मिलेर काम गर्नेछ।

नाडा अध्यक्ष चौधरीले नाइमा नाडाबाट फुटेको संस्था नभई फरक उद्देश्यसहित स्थापना भएको संगठन रहेको स्पष्ट गरे। ‘नाइमा अटोमोबाइल आयातकर्ता र निर्माताहरूको प्रतिनिधित्व गर्छ, भने नाडा समग्र अटो क्षेत्रका व्यवसायीहरूलाई समेट्छ, उनले भने।

सहकार्यको भावना प्रष्ट भए पनि अटो शो आयोजना गर्ने विषयमा भने अझै स्पष्ट सहमति बनेको छैन। नाडाले झैं नाइमाले पनि वार्षिक अटो शो आयोजना गर्ने तयारीमा रहेको छ, जसबारे थप छलफल आवश्यक रहेको चौधरीले बताए। नाडा पाँच दशक पुरानो संस्था हो, जसमा सवारीसाधन आयातकर्ता, बिक्रेता, डिलर र पार्टस आपूर्तिकर्ता सदस्य छन्। त्यस्तै, नाइमा भने गत महिना मात्र स्थापना भएको संस्था हो, जसले आगामी वैशाख ४ गतेदेखि औपचारिक शुभारम्भ गर्ने घोषणा गरेको छ।

नाइमाले आफ्नो दृष्टिकोण, कार्यक्षेत्र, दीर्घकालीन योजना र मोबिलिटी सशक्तिकरणका लागि हुने कार्यक्रमहरू सार्वजनिक गर्ने बताएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit