Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

एमजी एस फाइभ नेपाली बजारमा नयाँ डिजाइन, उत्कृष्ट प्रविधि र आकर्षक मूल्य

एमजी एस फाइभ नेपाली बजारमा नयाँ डिजाइन, उत्कृष्ट प्रविधि र आकर्षक मूल्य
विज्ञापन
Advertisement

काठमाडाैं । नेपालको विद्युतीय सवारी बजारमा नयाँ क्रान्ति ल्याउँदै, पारामाउन्ट मोटर्सले एमजी एस फाइभ सार्वजनिक गरेको छ। बिहीबार आयोजित विशेष समारोहमा सार्वजनिक गरिएको यस एसयूभीको सुरुवाती मूल्य ४३ लाख ९९ हजार रूपैयाँ तोकिएको छ।

विज्ञापन
Advertisement
Advertisement

उन्नत प्रविधि र उत्कृष्ट डिजाइनएमजी एस फाइभ आधुनिक डिजाइन्सहित मोडुलर स्केलेबल प्लेटफर्म (एमएसपी) मा आधारित छ। एरोडाइनामिक संरचना, फराकिलो क्याबिन स्पेस, पर्याप्त लेग र हेडरूमले यात्रालाई थप आरामदायक बनाउने कम्पनीको दाबी छ। साथै, यसको इन्टिरियरमा हिटेड फ्रन्ट सिट्स, डिजिटल कनेक्टिभिटी र इनोभेटिभ इन्टरफेस उपलब्ध छ।

शक्तिशाली ब्याट्री र उच्च प्रदर्शनएमजी एस फाइभले ९९ किलोवाट मोटरमार्फत २५० एनएम टर्क उत्पन्न गर्छ। यसमा दुई ब्याट्री अप्सन उपलब्ध छन्– ४९ किलोवाट आवरको ब्याट्री जसले ३४० किलोमिटर रेन्ज दिन्छ, र ६२ किलोवाट आवरको ब्याट्री जसले ४३० किलोमिटर रेन्ज दिने डब्लूएलटीपी प्रमाणित छ। साथै, रेयर ह्वील ड्राइभ सिस्टम र इन्डिपेन्डेन्ट सस्पेन्सनले उत्कृष्ट सवारी अनुभव दिनेछ।

सुरक्षा र डिजिटल कनेक्टिभिटीयस गाडीमा एमजी एप कनेक्टिभिटी उपलब्ध छ, जसबाट तीन वर्षसम्म युट्युब, टिकटक, स्पोटिफाइ र च्याट जीपीटीको सेवा प्रयोग गर्न सकिन्छ। साथै, सुरक्षा विशेषताहरूमा एडभान्स ड्राइभर असिस्टेन्स सिस्टम समावेश गरिएको छ।

नेपाली बजारका लागि विशेष योजनाएमजी एस फाइभ नेपालका लागि विशेष महत्त्व राख्ने मोडल भएको कम्पनीको भनाइ छ। चीनपछि पहिलो पटक अन्तर्राष्ट्रिय रूपमा नेपालमै यसको सार्वजनिक भएसँगै, नेपाली बजारमा विद्युतीय गाडीप्रतिको बढ्दो मागलाई सम्बोधन गर्न एमजीले सक्रिय कदम चालेको छ।

एमजी एस फाइभ तीन भेरियन्टमा उपलब्ध छ, जसमा इन्ट्री-लेभल मोडलमा १७ इन्चको ह्वील र माथिल्लो दुई भेरियन्टमा १८ इन्चको ह्वील राखिएको छ। यसको लम्बाइ ४,४७६ एमएम, चौडाइ १,८४९ एमएम र उचाइ १,६२१ एमएम रहेको छ। नेपालमा विद्युतीय सवारीसाधनको स्वीकृति बढ्दै गइरहेको अवस्थामा, एमजी एस फाइभले बजारमा नयाँ मानक स्थापित गर्ने विश्वास गरिएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit