Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

चार्जिङ पूर्वाधारको विस्तार बढाउँदै सीजी मोटर्स, ग्राहकलाई ‘सीजी केयर एप’ मार्फत सेवा दिइने

चार्जिङ पूर्वाधारको विस्तार बढाउँदै सीजी मोटर्स, ग्राहकलाई ‘सीजी केयर एप’ मार्फत सेवा दिइने
विज्ञापन
Advertisement

काठमाडौं । नेपालको प्रमुख ईभी बिक्रेता सीजी मोटर्सले नेपालमा सबैभन्दा ठूलो चार्जिङ पूर्वाधार उपलब्ध गराउने भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

सीजी मोटर्सले विद्युतीय सवारी साधनको भविष्य सुनिश्चित गर्दै देशकै सबैभन्दा व्यापक चार्जिङ पूर्वाधार उपलब्ध गराउन लागेको जनाएको छ । २४८ जीबीटी प्लस र २४ सीसीएस् माइनस २ चार्जिङ स्टेसनहरू नेपालभर विस्तार गर्दै विद्युतीय सवारी प्रयोगलाई अझ सुविधाजनक र सहज बनाउन लागेको कम्पनीले जनाएको छ ।
चार्जिङ पूर्वाधारको विस्तारले नेपाललाई विद्युतीय साधनतर्फ अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने कम्पनीको विस्वास छ । यसैगरी, ग्राहकलाई सहज सेवा प्रदान गर्न हेतु सीजी मोटर्सले सीजी केयर एप ल्याउने योजना बनाएको जानकारी दिएको छ । यस एपबाट २४र७ रोडसाइड असिस्टेन्स (हटलाइन नम्बर : ९७७ ९७०७०९४२०७०) बाट ग्राहकले सर्भिस केन्द्रहरूको जानकारी, सेवा बुकिङ र ट्र्याकिङ, चार्जिङ स्टेसनहरूको जानकारी सहजै लिन सक्नेछन् । साथै सीजी सँग सम्बन्धित जानकारी लिन एपमार्फत सकिनेछ ।

नेपालभर २१ वटा भन्दा बढी सेवा केन्द्रहरु र काठमाडौंको बागडोलमा रहेको प्रमुख सर्भिस सेन्टर मार्फत सीजी मोटर्सले आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय सेवा उपलब्ध गराउदै आएको छ । नेपालको २४८ं स्थानमा सर्वाधिक चार्जिङ स्टेसन रहेको सिजी मोटर्सको सम्पूर्ण जानकारी सिजी क्यारेस एपबाट लिन सकिने कम्पनीले जनाएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit