काठमाडौं । प्रतिनिधिसभाको सोमबार बसेको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ।
प्रधानमन्त्री बालेन शाहले आइतबारको प्रतिनिधिसभा बैठकमा सीमा सम्बन्धी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विपक्षी दलका सांसदहरूले बैठक अवरुद्ध गरेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।
विपक्षी सांसदहरूले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विरोध जनाउँदै संसद्मा नाराबाजी गरेका थिए। त्यसपछि बैठकको कार्यसूची अगाडि बढाउन कठिन भएपछि बैठक केही समयका लागि स्थगित गरिएको हो।
प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई लिएर प्रमुख विपक्षीलगायत दलहरूले स्पष्टीकरणको माग गर्दै आएका छन्।
















प्रतिक्रिया दिनुहोस्