Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

प्रधानमन्त्रीद्वय कार्की र मोदीबीच फोनवार्ता, के–के भयो कुराकानी ?

प्रधानमन्त्रीद्वय कार्की र मोदीबीच फोनवार्ता, के–के भयो कुराकानी ?
विज्ञापन
Advertisement

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज फोनमा संवाद भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

सो क्रममा प्रधानमन्त्री कार्कीले भारतीय प्रधानमन्त्री मोदीलाई उनको ७५औँ जन्मदिनको शुभकामना दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार प्रधानमन्त्री कार्कीले नेपाल–भारतबीचको सदियौँ पुरानो र मैत्रिपूर्ण सम्बन्धको स्मरण गरिन् । साथै उनले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलगायतका विषयमा पनि समकक्षी मोदीलाई जानकारी गराएकी छिन् ।

भारतीय प्रधानमन्त्री मोदीले नेपालका समकक्षी नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई दिएका थिए । वार्ताका क्रममा प्रधानमन्त्री मोदीले असल छिमेकीका नाताले आगामी दिनमा पनि भारतले नेपाललाई निरन्तर सहयोग गर्ने बताएको परराष्ट्र मन्त्रालयले जनाएको छ । दुईबीच २० मिनेट कुराकानी भएको बुझिएको छ ।

प्रधानमन्त्री भएपछि कार्कीको यो पहिलो विदेशी समकक्षीसँगको वार्ता हो। छिमेकी दुई देशका सरकार प्रमुखहरूबीच भएको वार्तामा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय हित र साझा चासोलगायत विविध विषयमा कुराकानी भएको समेत परराष्ट्र मन्त्रालयले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit