Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

नागरिकको सुरक्षा र सम्मान नै वास्तविक विकास : आईजीपी कार्की

नागरिकको सुरक्षा र सम्मान नै वास्तविक विकास : आईजीपी कार्की
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले विकासलाई केवल भौतिक पूर्वाधार, चिल्ला सडक वा अग्ला भवनसँग मात्र जोडेर हेर्न नहुने बताएका छन्। उनले नागरिकको सुरक्षा, सम्मान र जीवनस्तरमा सुधार नै वास्तविक विकासको आधार भएको बताएका हुन्।

विज्ञापन
Advertisement
Advertisement

प्रहरी वृत्त नयाँ बानेश्वर निर्माण, मर्मतसम्भार तथा पुनर्स्थापना समितिको अगुवाइमा निर्माण भएका भवन तथा संरचना हस्तान्तरण कार्यक्रममा बोल्दै आईजीपी कार्कीले डर, असुरक्षा र विभिन्न संकटबाट नागरिकलाई संरक्षण गर्नु राज्यसँगै समाज र नागरिकको पनि साझा दायित्व भएको बताए।

उनले सभ्य, सुरक्षित र सहयोगी समाज निर्माणका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै सामूहिक प्रयासबाट मात्रै समृद्ध र मानवीय समाज निर्माण सम्भव हुने धारणा राखे।

नेपालमा विगतको एक दशकमा विभिन्न रूपमा नागरिकको आक्रोश अभिव्यक्त भएको उल्लेख गर्दै उनले त्यस्तो अवस्था दोहोरिन नदिन राजनीति, संस्कृति, कला, भावना र सामाजिक सभ्यतालाई सकारात्मक दिशातर्फ उन्मुख गरिनुपर्ने बताए।

उनले अन्धकार र चुनौतीका बीच पनि परिवर्तन र सुधारको सम्भावना सधैँ रहने उल्लेख गर्दै समाजलाई सकारात्मक दिशामा अघि बढाउन सबैको भूमिका महत्वपूर्ण हुने बताए।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit