Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

उद्योगको ३२ वर्ष पूरा : सीताराम गोकुल मिल्कका नयाँ उत्पादन बजारमा

उद्योगको ३२ वर्ष पूरा : सीताराम गोकुल मिल्कका नयाँ उत्पादन बजारमा
विज्ञापन
Advertisement

काठमाडौं । सीताराम गोकुल मिल्कले उद्योग स्थापना भएको ३२औँ वर्ष प्रवेशको अवसरमा आइसक्रिम र मही नयाँ उत्पादनका रूपमा बजारमा ल्याएको छ। कम्पनीले आयातित दुग्धजन्य पेय पदार्थको विकल्प तयार गर्दै आयात प्रतिस्थापन र भविष्यमा निर्यात प्रवर्द्धन गर्ने लक्ष्य लिएको जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीका सञ्चालक सुमित केडियाका अनुसार २०० एमएलको प्लास्टिक बोतलमा मही र १०० एमएल तथा ५०० एमएल प्याकमा आइसक्रिम उत्पादन गरी बजारमा उपलब्ध गराइएको छ। आइसक्रिम भेनिला, स्ट्रबेरी, चकलेट र बटर स्पेसल गरी चार स्वादमा उपलब्ध हुनेछ।

कम्पनीले ५०० एमएल भेनिला र स्ट्रबेरी आइसक्रिमको मूल्य २१० रुपैयाँ तथा बटर र चकलेट आइसक्रिमको मूल्य २४० रुपैयाँ तोकेको छ। यस्तै १०० एमएल आइसक्रिमको मूल्य ६५ रुपैयाँ र महीको मूल्य ३० रुपैयाँ निर्धारण गरिएको छ।

केडियाका अनुसार स्वदेशी उत्पादनमार्फत विदेशी दुग्धजन्य वस्तुको आयात घटाउने उद्देश्यले उत्पादन विविधीकरण गरिएको हो। कम्पनीले आगामी दिनमा निर्यात बजार विस्तारलाई पनि प्राथमिकतामा राख्ने जनाएको छ।

हाल कम्पनीले दूध, घिउ, बटर, दही, पनिर, चीज, आइसक्रिम, फ्लेभर्ड मिल्क र महीलगायत उत्पादन बजारमा उपलब्ध गराउँदै आएको छ। कम्पनीका अनुसार हाल एक सयभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् भने करिब एक लाख किसान परिवारसँग दूध संकलनमार्फत सम्बन्ध जोडिएको छ।

उद्योगले करिब ४० देखि ५० करोड रुपैयाँ लगानीबाट सुरु भएर हाल एक अर्बदेखि डेढ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा विस्तार भएको जनाएको छ। साथै, डेरी उद्योगले भन्सार शुल्क, उत्पादन लागत र निर्यात सहजीकरणको अभावजस्ता चुनौती सामना गरिरहेको कम्पनीले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit