Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

सिटिजन्स बैंकमा नयाँ सञ्चालक चयन, २ अर्बको ‘प्रिफेरेन्स शेयर’ जारी गर्ने तयारी

सिटिजन्स बैंकमा नयाँ सञ्चालक चयन, २ अर्बको ‘प्रिफेरेन्स शेयर’ जारी गर्ने तयारी
विज्ञापन
Advertisement

काठमाडौं । सिटिजन्स बैंकको ८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। बैंकका अध्यक्ष प्रवल जङ्ग पाण्डेको अध्यक्षतामा बुधबार नारायणहिटी पथस्थित मुख्य कार्यालयमा सभा आयोजना गरिएको हो।

विज्ञापन
Advertisement
Advertisement

सभाले बैंकको प्राथमिक पुँजीकोष सुदृढीकरण तथा व्यवसाय विस्तारलाई ध्यानमा राख्दै २ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार (प्रिफेरेन्स) शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरेको छ। साथै बैंकको विभिन्न वित्तीय तथा आर्थिक प्रतिवेदनहरु पनि सभाबाट पारित भएका छन् । बैंकले पूँजी आधारलाई थप मजबुत बनाउँदै जोखिम वहन क्षमता अभिवृद्धि गर्ने तथा व्यवसाय विस्तारलाई तीव्रता दिने उद्देश्यले प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय गरिएको जनाएको छ।

त्यसैगरी, सभाबाट चार जना सञ्चालक निर्वाचित भएका छन्। संस्थापक समूह ‘क’ बाट अनिल कुमार ज्ञवाली निर्वाचित भएका छन् भने सर्वसाधारण समूह ‘ख’ बाट प्रकाश चन्द्र मैनाली, डा. राजेन्द्र पण्डित र हिमादेवी खड्का केसी सञ्चालकमा चयन भएका छन्।

बैंकका अनुसार निर्वाचित सञ्चालकहरू बैंकिङ, अर्थतन्त्र, विकास व्यवस्थापन तथा विभिन्न उद्योग–व्यवसायका क्षेत्रमा अनुभवी र विज्ञ व्यक्तित्व हुन्। उनीहरूको अनुभव र नेतृत्वले बैंकको संस्थागत सुशासन तथा व्यवसाय विस्तारमा थप योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit