Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

कोशी प्रदेशबाट भित्रिएको मनसुन थप चार प्रदेशमा फैलियो

कोशी प्रदेशबाट भित्रिएको मनसुन थप चार प्रदेशमा फैलियो
विज्ञापन
Advertisement

काठमाडौं । नेपालमा औसत समयभन्दा छ दिन ढिलो गरी प्रवेश गरेको यस वर्षको मनसुनी प्रणाली देशको पूर्वी तथा मध्य भूभागमा विस्तार भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज जारी मनसुनसम्बन्धी बुलेटिनअनुसार कोशी प्रदेशबाट शुक्रबार नेपाल भित्रिएको मनसुन आज थप चार प्रदेशमा विस्तार भएको हो ।

महाशाखाका अनुसार हाल मनसुन कोशी प्रदेशको सम्पूर्ण भूभाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म फैलिएको छ। यद्यपि मनसुनी प्रणाली अझै कमजोर अवस्थामै रहेकाले देशका बाँकी क्षेत्रमा विस्तार हुन केही दिन लाग्ने विभागका मौसमविद् सञ्जीव अधिकारी बताउँछन् ।

सामान्यतया नेपालमा मनसुन जुन १३ मा प्रवेश गर्ने भए पनि यस वर्ष छ दिन ढिलो गरी प्रवेश गरेको महाशाखाले जनाएको छ। मनसुनको प्रभाव विस्तार भएसँगै पूर्वी तथा मध्य नेपालका विभिन्न स्थानमा वर्षा हुने क्रम सुरु भएको छ।

महाशाखाले मनसुनी प्रणालीको निरन्तर अनुगमन भइरहेको जनाएको छ। मौसम सम्बन्धी अद्यावधिक जानकारी तथा आगामी तीन दिनको मौसम बुलेटिन नियमित रूपमा हेर्न र आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ।

विभागले मनसुन अवधिमा नेपालमा सरदरभन्दा कम वर्षा हुने र तापक्रम बढ्ने प्रक्षेपण गरेको छ। विभागका मौसमविद् सुदर्शन हुमागाईँका अनुसार यस मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षाको हुने सम्भावना छ ।

विभागका अनुसार यस वर्ष कर्णाली प्रदेशका दक्षिणी भू–भाग, लुम्बिनी प्रदेशका अधिकांश क्षेत्र, मधेश प्रदेशका पूर्वी भू–भाग तथा कोशी प्रदेशका दक्षिणी क्षेत्रमा सरदरभन्दा कम वर्षा हुनेछ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit