Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

चालु आवमा ३० अर्बका कार आयात, ईभीमा गिरावट आउँदा आइस कारमा वृद्धि

चालु आवमा ३० अर्बका कार आयात, ईभीमा गिरावट आउँदा आइस कारमा वृद्धि
विज्ञापन
Advertisement

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा नेपालमा कार, जीप र भ्यानको समग्र आयात घटेको छ।

विज्ञापन
Advertisement
Advertisement

भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि जेठसम्म कुल १५ हजार ४६६ युनिट सवारीसाधन आयात भएका छन्, जुन गत वर्षको सोही अवधिको तुलनामा एक हजार ७८६ युनिट (करिब १०.५ प्रतिशत) कम हो।

गत वर्ष यस अवधिमा १७ हजार २७२ युनिट सवारीसाधन भित्रिएका थिए। आयात घटेसँगै यस वर्ष ३० अर्ब ७ करोड रुपैयाँ बराबरको कार आयात भएको छ । यसबाट राज्यकोसमा २५ अर्ब ४४ करोड रुपैयाँ राजस्व दाखिला भएको छ। गत वर्ष सोही अवधिमा ३५ अर्ब ९० करोड रुपैयाँ बराबरका सवारीसाधन आयात भएका थिए।

ईभी आयातमा गिरावट

विगतका वर्षहरूमा तीव्र रूपमा बढिरहेको विद्युतीय सवारी (ईभी) आयात यस वर्ष सुस्ताएको तथ्यांकले देखाएको छ। चालु आवको ११ महिनामा १० हजार ८९२ युनिट ईभी कार आयात भएका छन्, जुन गत वर्षको १३ हजार ४९२ युनिटको तुलनामा करिब १९.२७ प्रतिशत कम हो। यस अवधिमा कुल २५ अर्ब ६८ करोड रुपैयाँ बराबरका ईभी नेपाल भित्रिएका छन्, जसबाट सरकारले १५ अर्ब ५३ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।

क्षमताका आधारमा हेर्दा ५० किलोवाटसम्मका ३ हजार ६८० युनिट, ५१–१०० किलोवाटका ६ हजार ३५७ युनिट, १०१–२०० किलोवाटका ७९८ युनिट र २०१ किलोवाटभन्दा माथिका १० युनिट ईभी आयात भएका छन्। साथै, ५० किलोवाटसम्मका २ युनिट अनएसेम्बल विद्युतीय कार पनि आयात भएका छन्।

पेट्रोल कार आयातमा २१ प्रतिशत वृद्धि

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि र भूराजनीतिक तनावका कारण पेट्रोलियम बजारमा दबाब बढेपछि पेट्रोल कार आयात झनै घट्नुपर्नेमा त्यसको विपरित देखिएको छ। ईभीको आयात घटे पनि पेट्रोल (आइस) कारको माग भने बढेको देखिएको छ। चालु आवमा पेट्रोल कार आयात बढेर ४ हजार ५७४ युनिट पुगेको छ। गत वर्ष यस अवधिमा ३ हजार ७६१ युनिट मात्र पेट्रोल कार आयात भएका थिए।

नेपालको पेट्रोल कार बजारमा हुन्डाईको वर्चस्व देखिएको छ। आयात भएका कुल पेट्रोल कारमध्ये २ हजार ९६ युनिट अनएसेम्बल (खुला पार्टपूर्जा) रहेका छन्।

विगतका वर्षहरूमा बजेटअघि नीतिगत परिवर्तन र विदेशी मुद्राको दबाबका कारण ठूलो मात्रामा सवारी आयात हुने गरे पनि यस वर्ष त्यसको प्रभाव कमजोर देखिएको छ। परिणामस्वरूप समग्र सवारी आयात घटे पनि पेट्रोल कारतर्फ माग वृद्धि र ईभीतर्फ सुस्तता आएको तथ्यांकले देखाउँछ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit