मध्यपूर्व युद्ध समाप्त गर्न शान्ति वार्ता चलिरहेको अवस्थामा पनि रणनीतिक महत्वको स्ट्रेट अफ हर्मुज माथि इरानको नियन्त्रणलाई कुनै चुनौती दिएमा इरानले यसको सशक्त प्रतिकार गर्ने बताएको छ ।
रणनीतिक महत्वको स्ट्रेट अफ हर्मुज माथि इरानको नियन्त्रणलाई कुनै चुनौती दिएमा तनाव बढ्ने इरानका विदेशमन्त्रीले आइतबार चेतावनी दिएका हुन्। ‘इस्लामिक गणतन्त्र इरानले अघि बढाइरहेको भन्दा फरक वा नयाँ व्यवस्था अपनाउने कुनै पनि प्रयासले हर्मुज जलडमरु पुनः खोल्ने प्रक्रियालाई जटिल बनाउने, ढिलाइ गर्ने र तनाव बढाउने मात्र काम गर्नेछ, जसलाई हामीले पछिल्ला दुई रातमा देखिसकेका छौँ,’ इरानी विदेशमन्त्री अब्बास अराघचीले बगदादको भ्रमणका क्रममा भने ।
तेहरानका शीर्ष कूटनीतिज्ञले हालैका दिनमा दुवै पक्षबीच आक्रमणको आदानप्रदान भएपछि सबै पक्षलाई ‘समझदारी पत्रलाई पालना गर्न र यसबाट विचलित नहुन’ आह्वान गरेको हो।
विदेशमन्त्री अराघचीले अमेरिकी आक्रमणको जवाफमा खाडी क्षेत्रमा रहेका अमेरिकी आधारहरूमा इरानी आक्रमणपछि आइतबार खाडी देशहरूसँग सुरक्षा ढाँचा निर्माण गर्न पनि आह्वान गरे । ‘हामीले यस क्षेत्रका सबै देशहरूलाई समेट्ने र क्षेत्र बाहिरका कुनै पनि देशको उपस्थिति वा हस्तक्षेपबिना नयाँ सुरक्षा ढाँचा निर्माण गर्नुपर्छ,’ अब्बास अराघचीले भने ।














प्रतिक्रिया दिनुहोस्