काठमाडौं । नेपाल राष्ट्र बैंकले समृद्धि फाइनान्ससँग मर्जरपछि पुँजीकोषको अवस्था सुधारिएको भन्दै पोखरा फाइनान्समाथि लगाएको शीघ्र सुधारात्मक कारबाही फुकुवा गरेको छ।
राष्ट्र बैंकका अनुसार मर्जरपश्चात् तयार पारिएको २०८३ वैशाख मसान्तको अपरिष्कृत वित्तीय विवरणमा संयुक्त प्राथमिक पुँजी ६.०६ प्रतिशत र कुल पुँजीकोष अनुपात १०.८० प्रतिशत पुगेपछि कारबाही हटाउने निर्णय गरिएको हो।
सञ्चालक समितिको २०८३ असार १० गतेको निर्णयअनुसार लागू हुने यो व्यवस्था पोखरा फाइनान्स र समृद्धि फाइनान्सबीच एकीकृत कारोबार सुरु भएको मितिदेखि लागू हुनेछ।
पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडले मर्जर प्रक्रिया पूरा गर्दै यही असार २६ गतेदेखि ‘पोखरा फाइनान्स लिमिटेड’ को नामबाट एकीकृत कारोबार सुरु गर्ने तयारी गरेका छन् ।















प्रतिक्रिया दिनुहोस्