Advertisement
Advertisement
Corporate Samachar
२४ असार २०८३, बुधबार
Advertisement

‘झ्याप्प–झ्याप्प’ बत्ती जाने समस्या समाधान अभियान सुरु

‘झ्याप्प–झ्याप्प’ बत्ती जाने समस्या समाधान अभियान सुरु
विज्ञापन
Advertisement

काठमाडौं ।पटक–पटक विद्युत् अवरुद्ध (ट्रिपिङ) हुने समस्या देखिएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले त्यसको समाधानका लागि विशेष अभियान सुरु गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

मन्त्रालयका अनुसार वर्षायाममा बारम्बार विद्युत् अवरुद्ध हुने समस्यालाई उच्च प्राथमिकतामा राख्दै समाधान अभियान सञ्चालन गरिएको हो ।

ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठको सचिवालयका अनुसार गुनासो प्राप्त हुनासाथ समाधानका लागि नेपाल विद्युत् प्राधिकरणले प्राविधिक जनशक्ति र आवश्यक उपकरण चौबिसै घण्टा तयारी अवस्थामा राखेको छ ।

मनसुनका कारण उत्पन्न हुन सक्ने सम्भावित समस्यालाई निरुपण गरी विद्युत् सेवा नियमित र भरपर्दो बनाउन मन्त्रालयले थप सक्रियता देखाएको छ ।

विद्युत् आपूर्तिसम्बन्धी कुनै गुनासो वा उजुरी भएमा उपभोक्ताले निःशुल्क हटलाइन नम्बर ११५० वा ११५१ मा सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit