काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदीको मूल्य घटेको छ। यो साताको पहिलो कारोबार दिन आइतबार बढेर कारोबार भएको सुन सोमबार घटेको थियो। मंगलबार पनि सुन तोलामा १२ सय रुपैयाँले सस्तिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको दुई लाख ८४ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन सुन प्रतितोला दुई लाख ८५ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो । त्यसअघि आइतबार सुन दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो।गत शुक्रबार भने सुन प्रतितोला दुई लाख ८७ हजार चार सय रूपैयाँमा खरिदबिक्री भएको थियो।
यस्तै, सोमबार घटेर कारोबार भएको चाँदीको मोल मंगलबार पनि ओरालो लागेको छ। महासंघका अनुसार आज एक तोला चाँदी खरिद गर्न उपभोक्ताले चार हजार ३६० रुपैयाँ खर्चिनुपर्नेछ। सोमबार चाँदीको भाउ प्रतितोला चार हजार ३७५ रुपैयाँ निर्धारण भएको थियो। त्यसअघि गत शुक्रबार चाँदी प्रतितोला चार हजार पाँच सय १० रूपैयाँमा कारोबार भएको थियो।















प्रतिक्रिया दिनुहोस्