Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

साताको अन्तिम दिन सेयर बजार साढे आठ अंकले घट्यो

साताको अन्तिम दिन सेयर बजार साढे आठ अंकले घट्यो
विज्ञापन
Advertisement

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ८.६० अंकले घटेको छ । नेप्से परिसूचक आज २६६७.६ विन्दुमा कायम भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

यस दिन पाँच अर्ब ६३ करोड ७९ लाख रुपैयाँबराबरको सेयर किनबेच हुँदा एक करोड १३ लाख ८४ हजार कित्ता सेयर ४९ हजार ६३२ पटकमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।

११३ कम्पनीको सेयर मूल्य बढेको छ । १३१ कम्पनीको सेयर मूल्य घट्दा एउटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन । यसदिन नेपाल माइक्रो फाइनान्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्य ९.९८ प्रतिशले बढेको छ ।

मेन्छियाम हाइड्रोपावर, ङादी ग्रुप, राधी विद्युत् कम्पनी उच्च कमाउने शीर्ष स्थानमा परे । राधीको ३५ करोड ९४ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

समूहगत उपसूचकतर्फ जलविद्युत् ०.०९, माइक्रो फाइनान्स ०.२३, म्युचअल फन्ड ०.१९ प्रतिशतले बढेका छन् । बाँकी समूह सूचक राताम्य देखिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit