Advertisement
Advertisement
Corporate Samachar
३० असार २०८३, मंगलवार
Advertisement

नागरिक एपबाटै देशभरको रगतको मौज्दात हेर्न मिल्ने

नागरिक एपबाटै देशभरको रगतको मौज्दात हेर्न मिल्ने
विज्ञापन
Advertisement

काठमाडौं। अब देशभरका रक्तसञ्चार केन्द्रमा उपलब्ध रगतको मौज्दात नागरिक एपमार्फत नै हेर्न सकिने भएको छ । नागरिक एपमा ‘रक्त सूचना’ पोर्टल थपिएसँगै प्रयोगकर्ताले विभिन्न केन्द्रमा कुन रक्त समूहको रगत कति युनिट उपलब्ध छ भन्ने जानकारी वास्तविक समयमा प्राप्त गर्न सक्ने भएका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा प्रणालीलाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउने उद्देश्यले उक्त सेवा सञ्चालनमा ल्याइएको जनाएको छ । यसमार्फत देशभरका रक्तसञ्चार केन्द्रमा उपलब्ध विभिन्न रक्त समूहको विवरण एकीकृत रूपमा हेर्न सकिनेछ ।

मन्त्रालयका अनुसार नयाँ सेवाले आकस्मिक अवस्थामा रगत खोज्नुपर्ने बिरामी, उनका परिवार तथा स्वास्थ्य संस्थालाई आवश्यक जानकारी छिटो उपलब्ध गराउनेछ । यसले रगतको खोजीमा हुने समयको बचत गर्नुका साथै रक्त व्यवस्थापन र रक्तसञ्चार सेवाबीचको समन्वयलाई समेत थप सहज बनाउने अपेक्षा गरिएको छ ।

सरकारले पछिल्ला वर्षहरूमा नागरिक एपमार्फत विभिन्न सार्वजनिक सेवाहरूलाई एकीकृत गर्दै सेवा प्रवाहलाई सहज, पारदर्शी र डिजिटल बनाउने प्रयास गरिरहेको छ । ‘रक्त सूचना’ सेवा थपिएसँगै स्वास्थ्य सेवाको डिजिटल पहुँच विस्तारमा थप सहयोग पुग्ने विश्वास गरिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit