images
images
images

ङादी पावर कम्पनीले पौने ९ लाख कित्ता सेयर बिक्री खुला गर्दै

images
images

काठमाडौं ।  ङादी ग्रुप पावरले मंगलबारदेखि पौने ९ लाख कित्ता सेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले फागुन २० गतेदेखि फागुन २८ गतेसम्मको म्याद राखेर सर्वसाधारण समूहको ८ लाख ७३ हजार ६१ कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

उक्त शेयरको न्युनतम खरिद मूल्य १०० रुपैयाँ कायम गरेकोले आवेदकले सो भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनु पर्ने छ । सबै भन्दा बढी मूल्य कबुल गर्नेले शेयर पाउने कम्पनीले जानकारी दिएको छ । कम्पनीको सेयर मूल्य  १ सय रुपैयाँ प्रतिकित्ता तोकिएको छ ।

images
images

कम्पनीले गत पुस २३ गतेदेखि माघ १४ गतेसम्म १ सय प्रतिशत अर्थात् १ करोड ८५ लाख १२ हजार ७१२.२२५ कित्ता हकप्रद सेयर बिक्री गरेको थियो । उक्त अवधिमा बिक्री नभएको सर्वसाधारण समूहतर्फको ८ लाख ७३ हजार ६१ कित्ता अवितरित सेयर बिक्री मंगलबारदेखि खुला गर्न लागेको कम्पनीले उल्लेख गरेको छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै सिद्धार्थ बैंकको विराटनगर, विर्तामोड, जनकपुर, वीरगञ्ज,हेटौंडा , नारायणगढ, पोखरा, बाग्लुङ्ग, बुटवल, घोराही, नेपालगञ्ज, धनगढी, महेन्द्रनगर र सुर्खेत शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

 

images
images

प्रतिक्रिया दिनुहोस्