Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

साताभरि उच्च करेक्सनमा देखिएको नेप्सेमा के होला आजको बजार ?

साताभरि उच्च करेक्सनमा देखिएको नेप्सेमा के होला आजको बजार ?
विज्ञापन
Advertisement

काठमाडौं । अघिल्लो साताभरि उच्च अंकले घटेको बजार यो साता केहोला भन्ने आम लगानीकर्ताहरुको चासो छ ।
निरन्तर गिरावट भोगेको नेप्से सूचकका कारण शेयर लगानीकर्ताहरू ठूलो नोक्सानीमा परेका थिए । अघिल्लो साताभरि १ खर्ब ११ अर्ब रुपैयाँ बजार पूँजीकरण घट्दा लगानीकर्ताहरूको सम्पत्ति उल्लेख्य रूपमा खुम्चिएको छ। अघिल्लो साताको बिहीबार ४५ खर्ब ४३ अर्ब रहेको कुल बजार पूँजीकरण घटेर ४४ खर्ब ३२ अर्ब रुपैयाँमा आइपुगेको छ।

विज्ञापन
Advertisement
Advertisement

लगानीकर्ताहरू अहिले ‘पर्ख र हेर को अवस्थामा देखिएका छन्। मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि केही दिन सुधार देखिएको शेयर बजार फेरि नाफा बुक गर्नेहरूको हाबी हुँदा लगातार दबाबमा परेको हो। सबैको ध्यान अब नयाँ गभर्नरमा छ, जसले के कस्ता नीति ल्याउँछन् भन्ने चासो व्यापक छ। हाल गभर्नर महाप्रसाद अधिकारी विदामा रहेका छन्, जसले शेयर बजारप्रति नकारात्मक टिप्पणी गर्दै आएका थिए।

यो हप्ताको नेप्से सूचक ६७.१७ अंकले गिरावट भोग्दै २६६९.३१ मा बन्द भएको छ। अघिल्लो हप्ताको तुलनामा २.९१ प्रतिशतको गिरावट आएको थियो। यस हप्ता नेप्से अधिकतम २७३९.५५ सम्म पुगेको थियो भने न्यूनतम २६६६.६९ सम्म झरेको थियो। साताभरि ७२.८६ अंकको उतारचढाव देखिएको छ, जुन अघिल्लो हप्ताको तुलनामा कम हो।

आइतबार सबैभन्दा धेरै गिरावट देखियो, जसमा सूचक २१.६३ अंकले घट्यो र कुल कारोबार रकम ६.८३ अर्ब रुपैयाँ रह्यो। साप्ताहिक रूपमा २५ प्रतिशतको गिरावट आइपुग्दा कुल कारोबार रकम २६ अर्ब २९ करोड रुपैयाँमा सीमित भयो। अघिल्लो साता ८ अर्ब ७७ करोड रुपैयाँ औसत कारोबार भएकोमा यो साता औसत कारोबार ६ अर्ब ५७ करोड रुपैयाँ मात्र रह्यो।

वित्तीय समूहका सूचकहरू सबैभन्दा बढी घटेका छन्। वित्तीय सूचक ४.१ प्रतिशतले घटेर २५५७.२२ विन्दुमा पुगेको थियो । विकास बैंक सूचक ३.८७ प्रतिशत, जलविद्युत सूचक ३.०३ प्रतिशत, र जीवन बीमा सूचक ३।७६ प्रतिशतले गिरावट आएको छ। बैंकिङ, होटल तथा पर्यटन, माइक्रोफाइनान्सलगायतका सूचकहरू पनि राताम्य बनेका थिए।

यद्यपि केही कम्पनीले नाफा पनि कमाएका छन्। ग्रीन डेभलपमेन्ट बैंकको शेयर मूल्य ७।४६ प्रतिशतले बढेर १३६६ रुपैयाँबाट १४६७ रुपैयाँ पुगेको थियो । अपर हेवाखोला हाइड्रोपावरको शेयर मूल्य ६१.५ रुपैयाँले बढेको छ। तर, नेपाल इन्स्योरेन्स कम्पनीको शेयर मूल्य १४।४८ प्रतिशतले घटेर ८५०.०८ रुपैयाँमा आइपुगेको थियो ।

अब बजारको भविष्य नयाँ गभर्नरको नीति तथा लगानीकर्ताहरूको मनोवैज्ञानिक अवस्थामै निर्भर गर्ने देखिन्छ । ठुलो अंकको करेक्सन भइसकेको हुँदा अब बजार बढने लगानीकर्ताहरु बताउँछन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit