Advertisement
Advertisement
Corporate Samachar
३२ असार २०८३, बिहीबार
Advertisement

कतारमा रहेका नेपालीलाई एनआईसी एशिया क्यापिटलको लगानी साक्षरता कार्यक्रम

कतारमा रहेका नेपालीलाई एनआईसी एशिया क्यापिटलको लगानी साक्षरता कार्यक्रम
विज्ञापन
Advertisement

काठमाडौं । एनआईसी एशिया क्यापिटलले विदेशमा बसोबास गर्ने नेपालीहरुलाई लक्षित गर्दै पहिलोपटक कतारमा वित्तीय तथा लगानी सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

क्यापिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘विदेशमा कमाऔं, नेपालमा सम्पत्ति बनाऔं’ भन्ने नारासहित कतारको दोहामा ‘वे टु सक्सेस कन्सल्टिङ एण्ड ट्रेनिङ सेन्टर’ कार्यक्रम आयोजना गरेको हो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको संख्या उच्च रहेको खाडी मुलुकमध्ये कतारमा मात्रै करिब ३ लाख ५० हजारभन्दा बढी नेपालीहरु रहेको सन्दर्भमा उनीहरुमा वित्तीय ज्ञान तथा पुँजी बजारसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको क्यापिटलले जनाएको छ। कार्यक्रममा एनआईसी एशिया क्यापिटलका उच्च व्यवस्थापन तहका अधिकारीहरुले सहभागी नेपालीहरुलाई व्यक्तिगत वित्त व्यवस्थापन, आईपीओ, एफपीओ, शेयर, डिम्याट तथा मेरो शेयर खाता, नेपालमा उपलब्ध लगानीका अवसर, पुँजी बजारमा लगानी गर्ने प्रक्रिया लगायतका विषयमा जानकारी गराएका थिए।

त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले प्राथमिक शेयर निष्काशन (आईपीओ) मा कसरी आवेदन दिने, आवेदन गर्दा ध्यान दिनुपर्ने विषय, सामूहिक लगानी कोष (म्युचुअल फन्ड) का इकाई तथा शेयर खरिद गर्दा अपनाउनुपर्ने सावधानी, दोस्रो बजारमा कारोबार गर्दा ध्यान दिनुपर्ने पक्षलगायतका विषयमा समेत विस्तृत छलफल गरिएको थियो।

कार्यक्रममा विदेशमा आर्जन गरेको रकम वैधानिक माध्यमबाट नेपाल पठाउने प्रक्रिया तथा नेपालमा उपलब्ध विभिन्न लगानीका अवसरका विषयमा सहभागीहरुसँग अन्तरक्रिया गरिएको थियो। कतारको दोहामा सम्पन्न उक्त कार्यक्रममा वैदेशिक रोजगारीमा रहेका तथा कतारमा व्यवसाय सञ्चालन गरी बसोबास गर्ने १४० जनाभन्दा बढी नेपालीहरुको सक्रिय सहभागिता रहेको थियो।

एनआईसी एशिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले विदेशमा रहेका नेपालीहरुलाई वित्तीय रूपमा सक्षम बनाउने र नेपालमा लगानीका अवसरसँग जोड्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit