Advertisement
Advertisement
Corporate Samachar
३२ असार २०८३, बिहीबार
Advertisement

श्रीमानकाे कुटपिटबाट कञ्चनपुरमा श्रीमतीको मृत्यु

श्रीमानकाे कुटपिटबाट कञ्चनपुरमा श्रीमतीको मृत्यु
विज्ञापन
Advertisement

दोधाराचाँदनी (कञ्चनपुर)। कञ्चनपुरको दोधाराचाँदनीमा श्रीमानकाे कुटपिटबाट एक महिलाको मृत्यु भएको छ।

विज्ञापन
Advertisement
Advertisement

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर रावतका अनुसार दोधाराचाँदनी नगरपालिका निवासी ४२ वर्षीया पारु सुनारको उनका ४५ वर्षीय श्रीमान् रणबहादुर सुनारको कुटपिटबाट मृत्यु भएको हो।

कुटपिटबाट घाइते भएका दुवै जनालाई बुधबार उपचारका लागि दोधाराचाँदनी नगर अस्पताल लगिएको थियो। उपचारका क्रममा पारुको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रणबहादुरलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit