काठमाडौं ।जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारीको १६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।
बिहीबार कार्की बैंक्वेटमा संस्थाको १६ औँ वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको हो। सभामा संस्थाका अध्यक्ष हेम बहादुर कार्कीले प्रस्तुत गरेका आ.व. २०८१-८२ को वार्षिक प्रतिवेदन, आ.व. २०८२-८३ को प्रस्तावित बजेट तथा वार्षिक योजना सर्वसम्मतिले पारित गरिएको छ।

त्यस्तै, लेखा सुपरिवेक्षण समितिका संयोजक मोहन बहादुर बुढाथाेकीले प्रस्तुत गरेको आ.व २०८१-८२ को लेखा सुपरिवेक्षण प्रतिवेदन समेत सभाले अनुमोदन गरेको छ।
सभामा पूर्वनिधारित १० कार्यसूचीमाथि सदस्यहरूबीच विस्तृत छलफल भएको थियो। कार्यक्रममा शेयर सदस्य सम्मान, कर्मचारी सम्मान, सदस्यहरूले उत्पादन गरेका घरेलु सामग्रीहरूको प्रदर्शनी तथा बिक्री साथै डिजिटल माध्यमबाट सुझाव संकलन जस्ता क्रियाकलापले सभालाई थप प्रभावकारी बनाएको थियो।

साधारण सभामा उपस्थित शेयरधनी तथा सदस्यहरू, सल्लाहकार, पत्रकार तथा शुभेच्छुकहरूप्रति संस्थाले हार्दिक आभार व्यक्त गरेको छ। आगामी दिनमा संस्थालाई अझ दिगो र व्यवस्थित रूपमा अघि बढाउन सबैकाको साथ, सहयोग, विश्वास र निरन्तर सुझावको अपेक्षा गरिएको छ।

















प्रतिक्रिया दिनुहोस्