Advertisement
Advertisement
Corporate Samachar
११ श्रावण २०८३, सोमबार
Advertisement
Advertisement

असारसम्म खपत भएको विद्युतमा भ्याट नलाग्ने, साउनदेखि न्यूनतम शुल्कमा पनि भ्याट लाग्ने

असारसम्म खपत भएको विद्युतमा भ्याट नलाग्ने, साउनदेखि न्यूनतम शुल्कमा पनि भ्याट लाग्ने
विज्ञापन
Advertisement

काठमाडौं। आन्तरिक राजस्व विभागले आर्थिक ऐन, २०८३ अनुसार विद्युत सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी देखिएको अन्योल हटाउँदै सार्वजनिक सूचना जारी गरेको छ। विभागले असार मसान्तसम्म खपत भएको विद्युतमा भ्याट नलाग्ने, तर साउन १ गतेदेखि खपत हुने विद्युत तथा त्यससँग सम्बन्धित न्यूनतम शुल्कमा भने भ्याट लाग्ने स्पष्ट गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

विभागका अनुसार आर्थिक ऐन, २०८३ ले मूल्य अभिवृद्धि कर ऐन, २०५२ संशोधन गर्दै अन्तिम उपभोक्तालाई प्रदान गरिने विद्युत सेवामा ५ प्रतिशत र अन्य व्यक्तिलाई प्रदान गरिने सेवामा १३ प्रतिशत भ्याट लाग्ने व्यवस्था गरेको छ। यो व्यवस्था २०८३ साउन १ गतेदेखि मात्रै लागू हुने भएकाले त्यसअघि खपत भएको विद्युतमा भ्याट लाग्दैन।

यसअनुसार कुनै उपभोक्ताले २०८३ असार ३२ गतेसम्म खपत गरेको विद्युतको बिल साउन १ गते वा त्यसपछि जारी भए पनि खपत अवधि साउनअघि भएकाले उक्त विद्युतमा भ्याट लाग्ने छैन। विभागले विद्युत शक्ति मूल्य अभिवृद्धि कर ऐनको अनुसूची–१ अन्तर्गत आधारभूत आवश्यकताका वस्तुमा समावेश रहेकाले साउनअघि खपत भएको विद्युत सेवा भ्याटबाट छुट हुने स्पष्ट गरेको छ।

यस्तै, नेपाल विद्युत प्राधिकरणले स्वीकृत ट्यारिफअनुसार लिने न्यूनतम शुल्क पनि विद्युत सेवाकै हिस्सा भएकाले साउन १ गतेदेखि भएको विद्युत खपतमा न्यूनतम शुल्कमा समेत भ्याट लाग्ने विभागले जनाएको छ।

विभागले विद्युत सेवामा भ्याट लागू हुने मिति र न्यूनतम शुल्कमा भ्याट लाग्ने विषयमा सर्वसाधारण, उपभोक्ता तथा व्यवसायीबीच देखिएको अन्योल हटाउन यो स्पष्टीकरण जारी गरिएको जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit