काठमाडौं । नेपाली बजारमा आइतबार सुन–चाँदीको मूल्य बढेको छ। शुक्रबार तोलामा पाँच हजार आठ सय रूपैयाँ घटेको सुनको भाउ यो साताको पहिलो कारोबार दिन आज प्रतितोला १६ सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मोल दुई लाख ८७ हजार एक सय रूपैयाँ निर्धारण गरिएको छ।
गत शुक्रबार सुन प्रतितोला दुई लाख ८५ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, बिहीबार एक तोला सुनको मूल्य दुई लाख ९१ हजार ३००, बुधबार एक तोला सुनको मूल्य दुई लाख ९१ हजार र मङ्गलबार सुन प्रतितोलाको मूल्य दुई लाख ८५ हजार ६०० रुपैयाँ तोकिएको थियो ।
यस्तै, आइतबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा प्रतितोला ६० रूपैयाँले बढेको छ।
शुक्रबार तोलामा चार हजार तीन सय ५० रूपैयाँमा कारोबार भएको चाँदी आइतबार चार हजार चार सय १० रूपैयाँमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ५३ र चाँदी ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।















प्रतिक्रिया दिनुहोस्