Advertisement
Advertisement
Corporate Samachar
६ कार्तिक २०८३, बिहीबार
Advertisement
Advertisement

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई पिपल्स डेन्टल कलेजमा २० प्रतिशतसम्म छुट

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई पिपल्स डेन्टल कलेजमा २० प्रतिशतसम्म छुट
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल बैंक लिमिटेड र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच बैंकका ग्राहक तथा कर्मचारीलाई स्वास्थ्य उपचारमा विशेष छुट प्रदान गर्ने गरी सम्झौता भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

सम्झौता अनुसार काठमाडौंको नयाँबजारस्थित पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल तथा सोअन्तर्गत सञ्चालित जनरल अस्पतालमा उपचार गराउँदा नेपाल बैंकमा खाता रहेका ग्राहक र बैंकका कर्मचारीले विभिन्न सेवामा छुट पाउने भएका छन् । यो सँगै बिरामी दर्ता तथा चेकअप सेवामा १०० प्रतिशतसम्म छुट प्रदान गरिनेछ तथा अस्पतालबाट उपलब्ध अन्य विभिन्न सेवाको शुल्कमा १० देखि २० प्रतिशतसम्म छुट उपलब्ध हुने जनाइएको छ ।

सम्झौतापत्रमा नेपाल बैंक लिमिटेडका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र राज काफ्ले र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लिका तर्फबाट प्रबन्ध निर्देशक रोशन लुईटेलले सोमबार हस्ताक्षर गरेका छन् । यस सम्झौताबाट नेपाल बैंकका ग्राहक तथा कर्मचारीले पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल तथा जनरल अस्पतालबाट प्रदान हुने गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच प्राप्त गर्ने बैंकले जनाएको छ ।

नेपालको पहिलो बैंकका रुपमा परिचित नेपाल बैंक लिमिटेडले हाल आधुनिक प्रविधिको प्रयोगमार्फत ग्राहक सेवा सुधार गर्दै प्रतिस्पर्धी बैंकिङ सेवा विस्तार गरिरहेको जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit